aa    
 

चर्चित अनुसन्धान प्रकरण

 
  स्थानीय प्रशासन अपराध नियन्त्रणको कसीमा जाँचिनुपर्ने हो ! अपराध नियन्त्रणको अर्थ हो - अपराध हुनु पर्ूव अपराध हुनबाट नियन्त्रण । यसलाई दर्ुइ प्रकारको माध्यमबाट गरिनर्ुपर्छ । -१) प्रशासकको जनसर्म्पर्क र जनसहभागिता, -२) प्रहरीको सकारात्मक उपस्थिति र अन्य क्रियाकलाप । यी दुवै माध्यमको प्रयोग र परिचालनबाट आफ्नो प्रशासनिक कार्यकालमा कैयौँ अपराधीहरूमाथि अनुसन्धान र कार्यवाही भएका छन् । फलस्व/mप मेरो प्रशासनिक कार्यक्षेत्रभित्र मेरो उपस्थितिमा अपराध स्वतः जस्तै गरी नियन्त्रण हुने गथ्र्यो । छिटफुट घटना घटिहाले पनि परिश्रम र इमान्दारीपर्ूवक अनुसन्धान हुन्थ्यो र अपराधीहरू कार्यवाहीमा पर्थे । फलस्व/mप, शान्ति, सुरक्षा, अमन चयन उदाहरण लायक ढङ्गले स्थापित हुन्थ्यो ।

तर, कहिलेकाहीँ प्रहरीमै सम्मिलित राष्ट्रसेवकहरू प्रत्यक्ष -पदाधिकारीमै) र अप्रत्यक्ष -व्यक्तिगत) रूपमा गल्ती गर्थे । भूल गर्थे । अहङ्कार गर्थे । परिणाममा अपराधजन्य घटना घट्थे, त कहींँ श्री ५ को सरकारले प्रशासनिक क्षेत्रमा व्यक्तित्वको सही छनौट गर्नै सक्तैनथ्यो र प्रशासन प्रभावकारी ह्ुँदैनथ्यो अनि विभिन्न खालका घटना र अपराध हुन्थे । लुक्थे, हराउँथे । क्रोनिक भएर हराउँथे । यस्तोमा पनि परिश्रमका साथ अनुसन्धान गरिरहनर्ुपर्दथ्यो । यस्तैयस्तै सर्न्दर्भमा २०३४ साल असौज २७ गते बनौली गाउँ र विसनपुरा तथा गोवरौरा गाउँबासीका बीच कुलोपानीको विषयलाई लिएर झगडा भएछ । मारपीट भएछ । प्रहरी र गाउँबासी गरी ६ जना घाइते भएछन् । साँझ गोवरौराका वार्ड अध्यक्ष राजेश्वर यादवलाई जलेश्वर अस्पताल ल्याई भर्ना गरेका रहेछन् । यहाँ उनको मृत्यु भएछ ।

भोलिपल्टदेखि कानूनी प्रक्रिया शु/m भयो । ँबनौली र विसुनपुरा तथा गोवरौरा गाउँबासीका बीच मारपीट हुँदा आत्मसुरक्षाका लागि प्रहरीले लाठी प्रहार गर्दा नीज यादवको मृत्यु भएको' भन्ने साक्षी सरजमिन आदि भई अदालतमा म्ुद्दासमेत पेश भएको र अदालतबाट मिसिल तामेलीमा राख्ने फैसलासमेत भइसकेकोमा,

गाउँ, र्सवसाधारण जनतासमेतबाट वास्तविकरूपमा जानकारी हुँदा विसनपुरा र गोवरौरा जाने कुलोको पानी बनौलीवालाले काटी दिने गरिरहेकोले मृतक यादव र अरू दर्ुइ जना कुलोपानीका पाले बसिरहेको बेला बनौली गाउँबासी केही उद्दण्ड व्यक्ति र दशैं विदामा घरमा आएका ४ जना प्रहरीहरू गई हमला गरेछन् र यो हमलाको चोटबाट मृतक यादव सख्त घाइते भएछन् र अरू पनि घाइते भएछन् । यो खबर बिसुनपुरा र गोवरौरा पक्ष मध्येकै एकजना दौडी पुराएछन् र गाउँबासी उल्टेर आएछन् । यसै बेलासम्म मिल्ने पारी बिदा बसेका हबल्दार प्रहरीहरू जलेश्वर गई जिल्ला प्रहरीमा 'मारपीट हुँदैछ' भन्ने रिपोर्ट गरी सुरक्षाको लागि भनी प्रहरी मद्दत लिई आएछन् । यसरी सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरी र गाउँबासीसँग घटनास्थलमा पुगेछन् । गाउँबासीले प्रहरीलाई देखेपछि हाम्रो मान्छेलाई कुट्ने त प्रहरी पो रहेछन् भन्ने ठानी सुरक्षाका लागि खटिएका प्रहरीमाथि नै हमला गर्न थालेछन् । तब प्रहरीले आत्मसुरक्षाको लागि लाठी प्रहार गरेछ र गाउँबासी तथा प्रहरी दुवैतर्फघाइते भएछन् । गाउँबासीले आफ्ना घाइतेहरूलाई लिई गएपछि युद्ध स्थल शान्त भएछ ।

पानी कु/mवालाई बनौली गाउँका प्रहरी र गाउँबासीले मारपीट गरिसकेपछि बडो चलाखी पर्ूण्ा र षडयन्त्रणात्मक कार्य योजना सफल गर्राई जलेश्वरबाट प्रहरी लगी गाउँबासीसँग भिडाएको कुरा लुकाई मारपीट हुने स्थितिबाट सुरक्षात्मक काममा खटिएको प्रहरीमाथि गाउँबासीले आक्रमण गर्दा प्रहरीले आत्मसुरक्षाका लागि लाठी चार्ज गर्दा घाइते भएका वार्ड सदस्य राजेश्वर यादवको मृत्यु भएको भन्ने प्लट बनाई कानूनी प्रक्रिया पूरा गरी अदालतबाट मिसिल तामेलीमा राख्ने निर्ण्र्ाामेत भयो' भन्ने स्पष्ट सत्य र तथ्य कुरा बुझिन आयो । यस सत्यको निष्कर्षा पुगेपछि - मलाई लाग्यो - 'म भनी सम्झने यो र्सर्ूयबहादुर सेन 'ओली' नामक व्यक्ति जनताको जिउधन र इज्जतको सुरक्षाको जिम्मेवारी लिई यस जिल्लामा बसेको बेला, यसरी वार्ड अध्यक्षको हत्या हुन्छ भने मैले अनुसन्धान गरी, गर्राई अपराधीलाई सजाय दिलाउन सक्नर्ुपर्दछ । यदि नसक्ने हो भने मैले राजिनामा दिई घर बस्नर्ुपर्छ । एउटा सक्ने बहादुर नेपालीले यो जिम्मेवारी लिनर्ुपर्छ । तर्सथ, म अपराधीलाई खटेर झयालखानामा हाल्न प्रयास गरूँ ' भनी दृढ निश्चय गरी अगाडि बढेँ ।

कार्तिक ७ गते बनौली दनौली गोवरौरा ढेकाहा गएँ । अरू बुझेँ । मृतककी श्रीमतीलाई रु. ४०। -व्यक्तिगत) थोरै भए पनि सहयोग होस् भनी हातमा राखिदिएँ । उनीसँगै उपस्थित गाउँबासीलाई आश्वस्त पार्दै भनेँ - 'छानबीन हुन्छ । अपराधीलाई सजाय हुन्छ र तपाईंहरूको सुरक्षा पनि हुन्छ । डराउनुपर्दैन ।' सम्झाएँ । आजको भ्रमणबाट बुझदा 'यो घटना दर््र्ुइजना दशैं बिदामा घर आएका बनौलीबासी प्रहरीको उद्दण्डतापर्ूण्ा अपराध हो' भन्ने कुरा पक्का भएकोले नीजहरूमाथिको अनुसन्धान र केन्द्र अञ्चलहरूसँग सर्म्पर्क शु/m गरेँ । यस सिलसिलामा कार्तिक ८ गते जनकपुर अञ्चलाधीश शङ्करराज पाठकलाई गाउँले इबी साधन गर्नका लागि बनौलीमा अर्सइ ताराकान्त र प्र.ह.ले मारपीट गरी मारी प्रहरीलाई इन्भल्ब गराएको कुरा अवगत गर्राई अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरेँ । कार्तिक १४ गते यो सबै विवरण प्रधानमन्त्री तथा गृह मन्त्रालयमा प्रतिवेदन पेश गरेँ । कार्तिक २१ गते नदीको पुल उद्घाटन गर्न प्रधानमन्त्री कर्ीर्तिनिधि विष्ट आउन्ुभयो । अञ्चलाधीशले मलाई पनि लगेर गएकोले उहाँसँग भेट गरी त्यस प्रतिवेदनको सबै व्यहोरा अवगत गराएँ । सुनेपछि उहाँले 'प्रहरीजस्तो सुरक्षात्मक जिम्मेवारी लिएका व्यक्तिहरूले देशको एउटा पञ्चलाई मार्ने!! कडाइका साथ अनुसन्धान गर्नू' भन्न्ुभयो ।

कार्तिक २९ गते श्री ५ को जलेश्वरमा सवारी भयो । त्यस अघि केही दिन सवारीको तयारी, सवारी र फछ्र्यौट आदिमा व्यस्त रहनुपर्‍यो । अनुसन्धानतिर ध्यान दिन सरसल्लाह दिन लिन पाइएन । यसैबीच, सरकारी वकिल र प्रहरीबाट मिसिल अदालतमा पेश भएछ र अदालतबाट पनि तामेलीमा राखिएछ । यसको असरस्व/mप मंसिर २२ गतेसम्म आइपुग्दा जिल्लामा 'बनौलीका प्रहरीले पं.स. राजेश्वर यादवलाई मारेकोमा सरकारी वकिल, डी.एस.पी. र न्यायाधीशहरू मिली बनौली गाउँबाट सिमरदही र जनकपुरका महन्तहरूको माध्यमबाट रु. ३६,०००।- आइ.सी. घुस खाई मिसिलसमेत खारेज गरिदिए । अन्याय भयो । जिल्लामा न्याय हरायो' भन्ने चर्चा गाउँगाउँमा, गल्लीगल्लीमा व्यापकरूपमा फैलिएको सुनियो साथै गाउँबासीहरूको तर्फाट श्री ५ को सवारी हेटौडामा परेको विन्तिपत्र पनि सवारी मन्त्रालयमार्फ प्राप्त हुन आयो । यसै सिलसिलामा मंसिर २४ गते सरकारी वकिल मेघसिंह पन्तलाई बुझी भ्रष्टाचार गरेको भन्ने बिषयमा बयान गर्राई अनुसन्धान कार्य शु/m गरेँ । भोलिपल्टदेखि शङ्का लागेका प्रहरी, महन्तहरूमाथि पनि अनुसन्धान कार्यवाही शु/m गरेँ ।

मार्ग २८ गते महोत्तरी जिल्लासभाको बैठक बस्यो । यस सभाले 'बनौली गाउँका प्रहरीबाट पं.स. राजेश्वर यादव मारिएको घटना भन्दै, घुस खाई मिसिल खडा गर्ने र तामेलीमा राख्नेसम्मका काम कुराहरूप्रति खेद प्रकट गर्दै, घुस खाने कर्मचारी उपर कार्यवाही गरी घटनाको सत्यतथ्य छानबिन गरी अपराधीलाई सजाय गर्न आयोग गठन तुरुन्त गरी खटाउन श्री ५ को सरकारसँग माग गर्दछ' भन्ने प्रस्ताव पारित गर्‍यो । यसबाट मेरो अनुसन्धान कार्यबाहीलाई मद्दत पुगेको अनुभव भयो । पौष ८ गते बिहान ८ बजे श्री ५ का निजी सचिव नारायणप्रसाद श्रेष्ठ र दिउँसो ११ बजे गृह सचिव शेरबहादुर शाहीलाई भेटी सो घटनाबारे जनभावना र विचार बुझिएसम्मका तथ्य विवरण जानकारी गराउँदै अदालतबाट मिसिल तामेलीमा राखिसकेकोले आयोग गठन भई पुनः अनुसन्धान गर्नुबाहेक अरू उपाय नभएको र जन आस्था गुम्न नदिन जाँच आयोग खटाउनु नै पर्ने कुरा अनुरोध गरँे ।

यी सबै पृष्ठभूमि र अनुसन्धान सत्यतथ्य कुराको बुझाइबाट माघ २८ गते श्री ५ को सरकारले बनौली गोवरौराको घटनाको छानबिन गर्न माननीय राष्ट्रिय पञ्चायतका सदस्य जितसिंह खड्काको अध्यक्षतामा न्या. हरिजङ्ग सिँजापति सहित ४ जनाको आयोग गठन गरी घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न खटाएको समाचार गोरखापत्रमा पढ्न पाइयो । यसरी खटिआएको आयोगले जिल्लामा सम्बन्धित क्षेत्र बनौली, सिमरदही, गोवरौरा आदि गाउँहरू, सम्बन्धित कर्मचारी, अरूहरूसमेत बुझने काम गर्‍यो । गाउँ र जिल्लास्तरीय निर्वाचन चलिरहेको बेला हुनाले त्यतातिर व्यस्त रहेकोले आयोगको अनुसन्धान के कसरी कहाँ रह्यो, भयो - भन्नेतर्फबुझनुपर्ने कुराहरूमा मैले मद्दत पुर्‍याउन सकिनँ तापनि सर्म्पर्कमा रहेँ । अपराधीलाई उम्कन दिन हुुन्न भन्ने कुरा गरेँ । फागुन ३० गते आयोगका अध्यक्ष सदस्यहरू काठमाडौंतिर र्फकनुभयो ।

पछि, म जुम्लाको प्र.जि.अ. मा स/mवा भई गएपछि सुन्नमा आयो- 'आयोगको प्रतिवेदनअनुसार अदालतले तामेलीमा राखेको मिसिल श्री ५ को हुकुमबमोजिम जगाई केन्द्रबाटै अनुसन्धान टोली खर्टाई पं.स. राजेश्वर यादवलाई हानी मार्ने अभियुक्त अर्सइ तारा र प्र.ह. तोयहरू उपर जनकपुर अञ्चल अदालतमा मुद्दा दायर भयो र जनकपुर अदालतबाट नीजहरूलाई पर्ुपक्षका निमित्त थुनामा राखियो । 'जिल्ला न्यायाधीश, प्रहरी डी.एस.पी., जनकपुर र सिमरदहीका महन्तहरू आदिलाई हटाइयो भन्ने सुन्नमा आयो । अपराधी उपर कार्यवाही हुन गएकोमा खुशी लाग्यो । प्रहरी अधिकृतहरूको खोसुवातर्फभने अलि ठूलो सजाय हुन गएको अनुभव भयो ।

२०३८ साल देशको लागि लाजमर्दो शु/mआत लिएर आयो । काठमाडौंबाट पोखरा घुम्न भनी आएका नमिता र सुनिता भण्डारी तथा मिरा पराजुली वैशाख २४ गते हराए । वैशाख २९ गते नमिताको लाश सेतीनदीमा फेला पर्‍यो । आषाढ ६ गते सुनिताको लास सेती नदीको तीर बगरमा फेला पर्‍यो । मिराको मर्दो हो वा जिउँदो पत्ता लागेन । केही दिनपछि वनपाले चूडामणिलाई पनि गोली हानी मारिएको लाश असार महिनाको पहिलो हप्तामै फेला पर्‍यो । यसले स्थिति अरू जटिल र भयावह हुन गयो । स्थानीय प्रशासन हत्यारा पत्ता लगाउन असफल रहृयो । पोखरा शहरको स्थिति अस्तव्यस्त भयो । गुण्डागर्दी यति बढ्यो कि, रात्री शिक्षालयहरूमा र बिहान सबेरैका शिक्षालयहरूमा महिलाहरू जान छाडे । सिनेमा हलहरूमा महिला दर्शकहरू पस्न छाडे । महिला तथा कमजोरहरू घरबाटै ननिस्केर आफ्नो सुरक्षा गर्न थाले । यस स्थितिमा श्री ५ को सरकारले त्यहाँ भइरहेका उच्चस्तरका अधिकारीहरूलाई स/mवा गर्नु तत्काल उपाय हुने साँेच्यो ।

यही कारणले भाद्र १७ गते कास्की जिल्लाको प्र.जि.अ.को काममा खटाइएँ । १८ गते बिहान साविक प्र.जि.अ. पद्मराज सुवेदीसँग विन्धवासिनी भगवतीको दर्शन गरी र्फकंदा, काखमा घर हुने पेण्टकमेज लगाएको पुजारी /mद्रनाथ बाहुनले सुवेदीसँग ठट्टा मजाक गर्‍यो । भन्यो - 'ती राँडीहरू मर्दा के ! राँडीहरूको चिलाउँदा हाम्रो सि.डी.ओ.को स/mवा भयो ।' सुवेदीले असजिलो मान्नुभयो । मैले उसको चालढाल हर्ेर्दै रहेँ । काठमाडौंमा श्री ५ का प्रमुख सचिवले गोप्य कुरामा भनेको सम्झेँ - 'विन्ध्यवासिनीको पुजारी कामुक छ रे । हरेक जातिका आइमाईको योनीको आकारप्रकार बताउँछ रे । हर्ेर्नू है ।' उसका कौवाका फुल खोज्ने आँखा र सुवेदीसितको स्तरहीन सम्बन्धका कुरा हेरेँ । यसै बेलादेखि नमिता, सुनिताको हत्यामा त्यस बाहुनप्रति मैले अनुसन्धान शु/m गरेँ ।

भाद्र २३ गते साँझ ५ बजे प्रहरी एस.पी., डि.एस.पी. र जिल्ला इन्स्पेक्टरलाई बोलाई पोखराको स्थिति र परिस्थिति बुझी पोखरामा हत्या अपराधहरू भइरहने र अपराधी पत्ता नलाग्ने भै आएका धेरै घटनाहरू छन्, तिनीहरूलाई मध्यनजर राख्दै अपराध कर्मी, गुण्डागर्दीलाई पर्ूण्ारूपमा र कडाइका साथ नियन्त्रण गर्ने । नमिता, मीरा, सुनिता र चूडामणिको हत्यारालाई उम्कन नपाउने गरी अनुसन्धान गर्ने, स्थानीय, प्रशासनबाट हुने सबै सहयोग सहभागिता मबाट हुनेछ । तपाईंहरू पछि हट्नु र डराउनुपर्दैन' भन्ने निर्देशन र हौसला दिएँ ।

भाद्र ३१ गते नमिता, सुनिताको हत्यारा पत्ता लगाउन चितवन मालका ख. रामप्रसादलाई कास्की मालमा स/mवा व्यवस्था मिलाई दिनुहुन भनी गृह मन्त्रालयलाई अनुरोध गरेँ । आश्विन ४ गते दाहिने साँप्रोमा पिलो आएर पुरानो कम्पाउण्डरद्वारा फोरी सफा गरी कपासको ठेँटी कोचेर बाहिर निस्कन नसके पनि बसेर गर्ने काम गर्दै बसेको थिएँ । ३.३० बजे 'सेती त्रिवेणी नजिक अलिकति माथितिर खोलामा दर्ुइ ठूला ढुङ्गाको कापमा बोरामा हाली राखेको एउटा पुरानो लास छ' भन्ने सूचना पाएँ । प्रहरी इन्स्पेक्टर राणालाई खबर गरी 'लास उठाए र आजै अस्पताल दाखेल गरी लासजाँच गराउनू । कुहेसडेको भए पनि लासको सनाखत हुन सक्छ कि - हर्ेर्नू, हेराउनू । त्यस्तो नभएमा बेवारिसी लासको सद्गत गराइदिनू, बोरा र बाँधेका रस्सीहरू अफिसमा राख्नू' भन्ने निर्देशन दिएँ ।

भोलिपल्ट आश्विन ५ गते ११ बजेसम्म प्रहरीबाट त्यसबारे केही खबर आएन र जिल्ला प्रहरीमा गई इन्स्पेक्टर र अरू १३ जना प्रहरी जुनियर अफिसरहरूलाई लिई र्‍यालेचौर जाने बाटो भएर भीरबाट झरी काली खोला गएँ । त्रिवेणी थोरै माथि अर्को खोलाको तीरमा बोरामा हाली मुख बाँधी फ्याँकेको पुरानो लासको स्थिति हेरेँ । त्यहाँ थाहा भयो - जनसर्म्पर्क अधिकारी मुकुन्द केशरी पाण्डेले आश्विन १ गते नै थाहा पाएका रहेछन् र २ गते बिहान इन्स्पेक्टर, सव इन्सपेक्टर १ जना, पुलिस १ जना र नीज जन सर्म्पर्क अधिकारी १ गई हेरेछन् । फुटेको बोराबाट देखिएर निस्केको लासको तल्लो हर जाँघका हाडहरू एउटा खुट्टा करङ्ग भएको, मासु माटो र बोरामा टाँस्सिई सकिएको अवस्थाको लास देखेछन् - बोरा खोली धोई पखाली हेरेछन् - यसरी हर्ेदा लास आइमाईको भन्ने यकिन गरेछन् । उनीहरूको भनाइमा लास कर्ुर्ने र पोष्र्टमर्टमहरू गराउने कुरा बेकार सम्झेर फर्केछन् ।

हिँजो ४ गते मैले दिएको निर्देशन बमोजिम प्रहरीले केही नगरी र आज पनि ११ बजेसम्म कुनै खबर नगरेकोबाट मलाई प्रहरी इन्स्पेक्टरलाई किन हिँजै लास उठाइएन - लासजाँच किन गराइएन -' भन्ने शङ्का लाग्यो । हिजोको मेरो निर्देशन बमोजिम काम नभएको कारणले गत राती खोलामा बाढी आएछ - लास छ भन्ने थाहा भएपछि प्रमाण गुमाउन खोज्ने गिरोहमध्ये कसैले राती वा कुनैबेला बाढीमा लास बगाइदिएछ । उनीहरूले १ गते र २ गते देखेको लासबारे जति कुरा गरे त्यति सुनेँ । त्यहाँ भए पाइएसम्मका हाडखोर बटुल्न लगाएँ । मैले पनि खोजेँ, खोजाएँ । संयोग बालुवामा पुरिएका २ वटा मासुका डल्ला, २ वटा करङ्ग, एउटा कम्मर जोर्नीको हाड फेला पर्‍यो । हातहातमा लिएर फर्कियौँ । म चढेको गाडीमै राखी अस्पताल पुर्राई इस्पेक्टर ओमविक्रम राणालाई 'जाँच गरेर प्रतिवेदन लिई मात्र आउनू । तपाईं राणा भएकोले डा. कुमार शमशेर राणाबाट लासको जाँच गराउन सजिलो होला, बस्नुस् । तपाईंले २ गते लास देख्नुभएको थियो, त्यसको आधारमा लासजाँच गर्राई प्रतिवेदन लिई आउनू' भनी छाडी फर्केँ । साँझ फोनमा लासजाँचको प्रतिवेदनबारे प्र.इ. राणाले ँलास महिलाको हो, वयस्क महिलाको हो । उमेर र मृत्युको कारण आदि सग्लो लास नहुँदा अनुमान गर्न सकिँदैन' भने ।

मैले सोधेँ -'लाश कति पुरानो रहेछ - सोध्नुभयो कि --' 'प्रतिवेदनमा त छैन । कुरा कुरामा ५ मैना जति पुरानो हुनर्ुपर्छ भन्थे डाक्टरले' भने । यो कुरालाई मन्त्रालयमा जानकारी दिएँ । मेरो ठहरमा मिरा पराजुलीको लास हुनर्ुपर्छ' भन्ने लाग्यो । अरू १ हप्तापछि यतातिर सोधखोज गर्दै बुझेँ । कुनै उमेर पुगेको महिला हराए मारिएको बुझिन आएन । यसले गर्दा पनि उमेर पुगेकी महिलाको लास, अनि बोरामा हाली नदीमा फ्याँकेको अवस्था, नमिता सुनिताको हत्या र लासको प्राप्तिबाट मिरा पराजुलीकै लास लाग्यो ।

'एउटा बाख्रो चितुवाले मारेको त गाउँभर थाहा हुन्छ भने काठमाडौंबाट गएका युवतीहरू मारिनु, हत्यारा पत्ता नलाग्नु, बोराको लास १ गते देखेर ४ गतेसम्म पनि प्रशासनमा जाहेर नगर्नु, ४ गते नै लास ल्याई पोष्टमार्टम नगराउनु, ४ गते राती सो लास बाढीले बगाउनुबाट अत्यन्त ठूलो र प्रभावशाली गिरोहबाट यो हत्या भएको छ । पुराना धेरै अनुसन्धानकर्ता त सरूवा भैसके । एउटा ज.स.अ. पाण्डे छन् । उनी र प्रहरी इन्स्पेक्टर पनि प्रभावमा परी ४ गते बोराको लासको संरक्षण गरेनन् । यो गिरोह सक्रिय र उपस्थित छ' भन्ने लाग्यो । र, अरू र्सतर्कताकासाथ अनुसन्धान गर्नुपर्छ' भन्ने विचार बनाएँ ।

आश्विन ९ गते ७.३० बजे वनपालेका हाकिम जिल्ला वन कार्यालयका डी.एफ.ओ. ललितरत्न शाक्यकहाँ गएँ । 'नमिता, सुनितामाथिको अपराध नदेखे, थाहा नपाएको भए तपाईंका पाले चूडामणिको हत्या हुने नै थिएन । मर्नुभन्दा पहिले उसले त तपाईंलाई भनेकै हुनर्ुपर्छ साथी ! यो केशमा अनुसन्धान पूरा गर्न चाहन्छु । सहयोग गरिदिनुस्' भनी सम्झाई बुझाई गरेँ । 'तपाईं हामीजस्तो युवक राष्ट्रसेवक यस्तो क्रुर जङ्गली जनावरको राज्यमा झैं यति ठूलो अपराध भएको देखे जानेर बस्न हुँदैन । कुनै दिन, हाम्रो परिवारमा पनि यस्ता घटनाहरू घट्न सक्छन् । त्यसबेला समाजको आवश्यकता पर्दछ' भनी सहयोग गर्न विनम्रतापर्ूवक आग्रह र अनुरोध गरेँ । हात मिलाएँ । भोलिपल्ट १० बजे पनि दिउँसो डी.एफ.ओ. शाक्यलाई बोलाई कुराकानी गरेँ । उनीसँग व्यक्तिगत मित्रता बढाउने सिलसिलालाई अगाडि बढाएँ ।

१५ गते विहीबार डि.आइ.जी. चन्द्रवीर र्राई आएछन् । सोझै जिल्ला प्रहरी कार्यालयमा गई भीमबहादुर तामाङ्गको हत्या बारेको मिसिल हेरेछन् । 'नमिता सुनिताको हत्यातर्फकति प्रगति भयो - के कसरी अनुसन्धान हुँदैछ --' जस्ता कुराहरू सोधेछन् । अरू केके भने भन्ने त थाहा भएन । काठमाडौं झिकाइएको कर्मचारी आई अनुसन्धानको शैली र गतितर्फबुझी फिर्ता भएको कुरालाई खास अवरोध खडा नभएसम्म केही शङ्का गर्न उचित ठानिनँ । अव्यक्त भावनामै राखेँ । डी.एफ.ओ.लाई सर्म्पर्क गरेँ- 'साथी ! कति प्रगति भयो सुन्न पाऊँ' उनले भने पर्सि बिहान भेट्छु - नमिता, सुनिता र चूडामणि तीनैजनाबारे केही न केही खबर ल्याउँछु ।'

आश्विन १७ गते गृह सचिव विष्णुप्रताप शाहले अञ्चलाधीशलाई 'सि.डी.ओ.लाई काठमाडौं पठाइदिनू' भन्नुभएछ । थाह पाई भोलि जाने निधो गरी प्रतिवेदनका रूपमा नमिता, सुनिता, चूडामणिको हत्या सम्बन्धमा दिनभर र रातीसम्म कुराहरू बुझदै सङ्कलन गर्दै गरेँ - सहायक अञ्चलाधीश दामोदर उपाध्यायले भन्नुभयो -'के कसको आदेश निर्देशनमा हो - समयमै प्रहरीले हत्यारा पत्ता लगाउन सकेन, दबाउँन नै खोजेको छ भन्ने जनसाधारण समेतको मनमा परेको छ । हामी यस केशमा सफल हुन सक्ने अवस्था छैन ।' आज बिहान डी.एफ.ओ. आउने भनेको आएनन् । तर, पनि साँझ रातीसम्म बसी बुझेसम्मका कुराहरू सङ्कलन गरी गृह सचिवलाई जानकारी दिने प्रतिवेदन तयार पारेँ । प्रहरीबाट लास बरामद अर्थात् मौका तहकिकात गर्दा खडा गरेको लासको प्रकृति मुचुल्का र अस्पतालको पोष्टमार्टम प्रतिवेदन बाझिएको छ । जस्तै - प्रहरीको प्रकृति मुचुल्कामा सुनिताको योनीबाट रगत निस्केको, च्यातिएको भन्छ भने पोष्र्टमर्टमले माछाले खाएको भन्छ - खाएको माछाले नै हो भन्ने डाक्टरलाई थाहा हुने कुरा हैन ! साथै, माछाले खाएको भए मृत्युपछि खाएको हुनर्ुपर्छ र मृत्युपछि खाएकोमा रगत आउनुपर्दैन । चूडामणिको प्रकृति मुचुल्कामा काँखीमुनि एकातिर पाँच पैसा छिर्ने प्वाल अर्कोतर्फलोटा छिर्ने भ्वाङ्ग भन्छ भने, पोष्र्टमर्टममा गिद्धले खाएको भ्वाङ्ग भन्छ । गिद्धले नै खाएको भन्ने डाक्टरले थाहा पाउने कुरा हैन । साथै, लासको शरीरको अन्त पनि गिद्धले खाएको हुनुपर्ने - छैन । त्यस्तै चूडामणिकी स्वास्नीलाई प्रहरीबाट 'चूप लागे तिमीले आवश्यक धन पैसा सबै पाउँछ्यौ र दुःख पर्दैन भनी आश्वासन दिएको -उनले भन्छिन्), प्रहरीले यस सम्बन्धी चासो राख्ने भद्र भलादमीलाई दुःख दिएको, शहर बजार गाउँगाउँमा खडा गरेको आतङ्क, गुण्डागर्दीलाई नियन्त्रण नगरी भयावह स्थिति सिर्जना हुन र बढ्न दिएको आदिआदि कारणले यो घटनालाई गण्डकी अञ्चल स्तर र कास्की जिल्लास्तरका प्रशासन, तथा प्रहरीले दबाउने प्रयास गरेको देखिन्छ । अथवा अञ्चलाधीश गणेशमान श्रेष्ठ, डी.आइ.जी. चन्द्रबीर र्राई, डाक्टर कुमार शमशेर राणा, जनसर्म्पर्क अफिसर मुकुन्दकेशरी पाण्डेहरूलाई यस हत्या काण्डबारे जानकारी रहेको हुनर्ुपर्छ । साथै, यिनीहरू बाहेकमा शाही सेनाका कर्र्णोल क्षेत्रविक्रम शाह र डी.एफ.ओ. ललितरत्न शाक्यलाई पनि थाहा हुनर्ुपर्छ भन्ने सुनिन्छ र देखिन्छ पनि । के कसको निर्देशन र स्वार्थमा यो भइरहेको छ - त्यसतर्फभने यो प्र.जि.अ. अनभिज्ञ र अन्दाज गर्न क्षमताहीन छ । यी सबै कुराहरू पोखरा शहर बजारका आम जनताबाट सुने, विश्लेषण गरेका निष्कर्षहुन् तर उनीहरू आफै हत्या गर्नमा भने संलग्न देखिन्नन् ।

दशी प्रमाणहरू दबाउन, बिगार्न र फुस्सा पार्न प्रहरीले समयदेखिनै क्रियाकलाप गरेको देखिन्छ । तर्सथ, यही पृष्ठभूमिमा प्रहरी प्रशासनको माध्यमबाट यो परिस्थितिमा मबाट हत्यारा पत्ता लगाउने कार्यमा सफलता सम्भव देखिराखेको छैन..... ।' आदि । भोलिपल्ट आश्विन १८ गते ११ बजे वायुयानबाट काठमाडौं आएँ । १ बजे मन्त्रालयमा गई गृह सचिवलाई भेटेँ । प्रतिवेदन बुझाएँ । यस सम्बन्धी बुँदा बुँदामा सोध्नुभयो । सुन्नुभयो । भोलि बिहान घरमा बोलाउनुभयो । भोलिपल्ट आश्विन १९ गते ७ बजे नै पुगेँ । निर्देशन दिने सिलसिलामा 'अनुसन्धान ध्यानपर्ूवक गर्नू, सबैसँग मिलेर गर्नू' भन्नुभयो । विदा भएर प्लेनबाटै ११.३० बजे पोखरा फर्केँ ।

आश्विन ३० गते साँझ ६ बजे डी.एफ.ओ. ललितकहाँ गएँ । उहाँले 'म आफै त हत्याबारे पूरा कुरा जान्दिन जान्ने मान्छे बाहिर छ । लिन पठाउनर्ुपर्छ । बाटा खर्च चाहिन्छ । के गर्ने - भन्नुभयो । मैले 'बाटा खर्च लिनुस्' भनी गोजीमा भएको ५ सय रुपैयाँ दिएँ । उहाँले लिनुभयो र भन्नुभयो -'शायद चाँडै खुल्छ । मैले खास मान्छे पत्ता लगाइसकेँ' धन्यवाद ! दिएर फर्केँ । मेरो मनमा आशा पल्हाएको अनुभव गरेँ ।

कार्तिक ४ गते १२ बजे डा. कुमार शमशेर राणाजीलाई 'नमिता, सुनिता, चूडामणिको हत्याको अनुसन्धानमा सहयोग गर्नुहोस् डा. साहेव ।' भनी सहयोगका लागि आग्रह गरेँ । उहाँले मैले देखेको कुरा त पोष्र्टमर्टम रिपोर्टमा लेखेकै छु नि ! भनी बुज्रुकाइँ छाट्नुभयो । कुरा बुझेपछि अरू बढी शरण परिनँ । साँझ ५ बजे अञ्चलाधीशका नङ्ग मासु पोखरा नगर योजनाका प्लानर पदमबहादुर क्षेत्रीलाई बोलाई भेटेँ । अनुसन्धानका कुरा चलाएँ । उहाँले चिप्ला कुरा गरेर टार्नुभयो । म पनि व्यक्तिगतरूपमा अनुग्रह प्राप्त गर्न चाहन्नथेँ । यसपछि उहाँहरूसँग फेरि कुरा गरिनँ ।

कार्तिक ९ गते दिउँसो अञ्चलाधीशले भन्नुभयो -'सुनिताहरूको हत्यारा पत्ता लगाउने कार्य म गरिरहेको छु । यस्तो अचूक माध्यम पाएको छु । तपाईं सक्नुहुन्न, म सक्छु ।'

'वास्तवमा, यो केशले राष्ट्रलाई नै हल्लाइ दिएको छ । यस्तो ठूलो केशको अनुसन्धान हजुरबाटै भए सुहाउँछ पनि' मैले भनेँ । 'भोलिदेखि मेरो अनुसन्धान शुरू हुन्छ । तपाईं पनि बस्ने' 'हवस् ।' भोलिपल्ट कार्तिक १० गते कार्यालयीय काम गर्दै थिएँ । २ बजे उहाँको फोन आयो -'आउनुस् त ।' तुरन्तै उठी अञ्चलाधीशको कार्यालयमा गएँ । त्यहाँ स्याङ्जाको प्र.जि.अ., एउटा मोटो मान्छे तीन सिटे सोफामा लम्पसारै भएर अडेसिएर बसेको थियो । अञ्चलाधीशलाई नमस्ते गरेर उसका नजिक गएर बसेँ । एकछिनपछि सेनाको कर्र्णोल छत्रविक्रम शाह र जनसर्म्पर्क अधिकारी पाण्डे हरू आउनुभयो । केही मिनेटपछि एस.पी. पनि । 'जन्तु ! उही जन्तु !' भन्ने कुरा गरे जनसर्म्पर्क र स्याङ्जाली प्र.जि.अ.ले गरिरहे । 'नयाँ प्रयोग गर्न लागेको ।' अञ्चलाधीशले भन्नुभयो । मैले 'हवस् ।' भनेँ । उहाँले एस.पी. तिर फर्केर भन्नुभयो - 'यहाँ ठिक छैन, डी.आइ.जी. साहवको कोठामा जाउFm एकान्त ठाउँ बेश हुन्छ ।' 'हवस् । त्यहीँ ठिक हुन्छ ।' एस.पी. रामविनोद सिंहले भन्नुभयो ।

यसपछि त्यहाँको बैठक उठ्यो । अञ्चलाधीश बाहिर निस्कनुभयो । हामी पछिपछि निस्क्यौँ । दर्ुइ गाडीमा बसी पर्ूवतिर लाग्यौँ । अलिकति गएपछि उत्तर लाग्यौँ । राम्रो प्यागोडा शैलीको बर्ूजावाला भवन आयो - त्यही रहेछ डी.आइ.जी.को कार्यालय ओल्ह्र्यौं । भित्र पस्यौँ । दक्षिणी भागमा एउटा ठूलो कोठा रहेछ । स्व. श्री ५ महेन्द्रको सेनाको पोशाकमा रहेको र रानी रत्नको भव्य फोटाहरू आँखामा परे । खुशी लाग्यो - मन रमायो । अर्कोपट्ट िवर्तमान राजा श्री ५ वीरेन्द्र र रानी ऐर्श्वर्यको भव्य फोटोहरू देखा परे । प्लाष्टिकका फूलमालाहरू लगाएका फोटाहरू तुलना गरेर हर्ेदा त 'जिउँदा राजा रानीको फोटोमा माला ! स्वर्गीय राजाको फोटोमा माला छैन ! हो ! पोखरामा उल्टा कामहरू नै भइरहेका छन् भन्ने मेरो मनमा लाग्यो । तर, सबै फोटाहरूमा धुलो मैलो बढी फोहोर - शायद फोहोरी खेलको पर््रदर्शन होला' भन्ने लाग्यो ।

अञ्चलाधीश, कर्र्णोल, एस.पी., दक्षिण कुनामा, स्याङ्जाको सि.डी.ओ. र म, उत्तर कुनामा, पर्ूव कोणमा मोहडा गरी दर्ुइ जना नयाँ मान्छेहरू बसे । ती दर्ुइमा एउटा गाले, झुपुल्ले, कपाले, मोटो छोटो, अग्लो गुरूङ्ग । अर्को ठिक उल्टो - दुब्लो पातलो सिखुटे चुच्चे बाहुन । बाहुनको पिठ्युँमा झोला थियो । प्लाष्टिकको रस्सीवाल खकनजस्तो गरी दर्ुइ कुममा भिर्ने झोला । कोखामा राखेर बस्यो । मोटो गुरुङ्गले बन्ािएर बसेपछि भन्यो 'तिमीले आफ्नो गुरुलाई बोलाऊ ।' सिखुटे बाहुनले भन्यो - 'दिनमा गुरुलाई बोलाउने गरेको छैन, राती भए हुन्थ्यो । ....... गुरुले आज्ञा हुन्न कि -' 'हुन्छ, बोलाउन, म जान्दछु नि ।'

'धूप हाल्नर्ुपर्छ ।'

'म धूप ल्याएको छु । गरे हुन्छ ।' गोजाबाट एक प्याकेट धूप बत्ति झिकेर दियो ।

सिखुटे बाहुन अलि बनिएर कार्पेट माथि बस्यो । झोला खोल्यो । लामो रूद्राक्षको माला झिक्यो । भूइँमा राख्यो । डल्लो पारेर गुटमुटाएर राखेको सेतो धोती पटुका झिक्यो ।

'के पटुका फर्ेनपर्छ -' गुरुङ्गले सोध्यो ।

'अँ ।' उसले भन्यो

'त्यसो भए त्यो ढोका खोली भित्र गएर लुगा फर्ेर्नुस् ।' एस.पी.ले भने । ऊ गयो । दुवै मिनेटमा मैलो पटुकाको कछाड बेरेर, मैलो कालो पेण्ट हातमा लिएर आयो । पुरानै ठाउँमा बस्यो । हामी सबैलाई जुत्ता खोल्न लगायो । सबैले बाहिर आई जुत्ता खोल्यौँ । भित्र फर्केर बस्यौँ ।

मोटे गुरुङ्गले आदेश गर्न थाल्यो । दुब्लो बाहुनले टुनामुना शुरू गर्‍यो । टोपी राख्यो, रुद्राक्ष काखमा राख्यो । धूप बालेर मन्त्र भन्न थाल्यो मनमनै । ओँठ चलेको देखिन थाल्यो ।

उता गुरुङ्ग कर्ुर्सर्ीीथि नै पलेँटी कँसेर बस्यो । एउटा धूप बाली मनमनै टुनामुना मन्त्र गर्न थाल्यो । दूवैले सँगसँगै टुनामुना गर्न थाले । निष्पट्ट सुनसान कोठामा, ती दर्ुइको अनुहार, आकृति र प्रकृति, प्रवृत्तिमा हामी सबैका नजर केन्द्रित भए । गुरूङ्गले मन्त्र पढिसकेपछि बालेको धूप पछाडि लगेर सङ्गठन चार्ट टाँगेको प|mेममा घुसार्‍यो अनि आँखा लगाएर निष्पट्ट भएर बस्यो ।

उता बाहुनले रुद्राक्षको माला लगायो, अनि केके जप्यो । चार पाँच मिनेटपछि बुरुक्क उप्रिmयो, थेँचार्रियो र बस्यो अनि उलुलुल्ल आवाज निकालेर करायो, दर्ुइ हातका औँला लडाएर भाँच्दै बायाँ ढल्केर - ज्रि्रो ल्याम् ल्याम् पार्दै उलुल्ल गर्दै भन्यो - 'हेर । मनुवा म भनेको पृथ्वीतलको मालिक वासुकी नाग हूँ । ..... हेर के भन्छस् । ....... मनुवा भन् ।' मोटो गुरुङ्गले अञ्चलाधीशलाई हेरेर भन्यो -'के सोध्ने -'

उहाँले भन्नुभयो- 'निरा मरेकी छ कि छैन -' मलाई त बल्ल पो थाहा भयो - 'नाटक नम्बर 'एक' अर्थात् निरा, नमिता सुनिताको हत्या काण्ड धामी बसालेर सोधी पत्ता लगाउने प्रयास रहेछ यो !'

एस.पी. साहबले भने 'निरा पराजुली मरेकी छ कि जिउँदै छ -'

बाहुनले भाँच्चिंदै ल्यामल्याम ज्रि्रो पार्दै कराउँदै, हातका औँला लडाउँदै भन्यो - 'हेर हेर मनुवा चिठी आएको छ कि छैन -'

'चिठी आएको छैन मर्दो ज्यूँदो छुट्टाएर भन ।'

'१०/१५ दिनभित्रमा चिठी आउनेछ । त्यसबाट सबै थाहा लाग्नेछ, हेर मनुवा ।'

यसैबेला उलुलुलुल्ल गरेर गुरुङ्ग जोडले करायो - जोश बल तेजको बलियो मान्छे जोडले काम्दा त्यो डि.आइ.जी.को निवास नै थर्केको भान हुन्थ्यो । कर्ुर्सर्ीीथि नै 'हेर, हेर मनुवा म भनेकी आदिशक्तिबाट उत्पत्ति भयाकी भगवती हूँ' भनेर काम्यो । घरै थर्कायो । सुनसान घरभित्र सबै चुपचाप रहेको, साँझ पर्दै गएको बेला, त्यो दृश्य आकर्ष लागेन । भयङ्कर लाग्यो । घरमात्र हैन जमिनै थर्केजस्तो लाग्यो ।

'म मरेको मसान ल्याएर तेरो दाहिने काँधमा राखिदिन्छु, त्यही मसाने हवाबाट सबै खुल्नेछ जे सोध्नु छ सोधी हेर । मनुवा, सुनिताको मसान घुम्न गएको छ । खोजी ल्याइदिन्छु । हेर ! हेर !!' गरेर विस्तारै नर्मल अवस्थामा आइबस्यो ।

अर्को बाहुनले ज्रि्रो ल्यामल्याम पार्दै थियो । 'तेरो कुममा मलाई खेल्न दे है - म मरेका मान्छेको हावा ल्याएर तेरो कुममा राखिदिन्छु' गुरुङ्गले भन्यो ।

'हेर मनुवा यो दिनमा मसान सबै खेल्न गएको छ, आउँदैन, हेर मनुवा ! यो मध्यान्ह हो' बाहुनले भन्यो र ज्रि्रो भित्रायो । काम्न छोड्यो र बस्यो ।

'पख बस १५ मिनेट जति, मेरा गुरुले खोजेर ल्याउनुहुन्छ । पर्खेर बस ।'

आनाकानी गर्दै 'दिनमा हुँदैन, दिनमा म गुरु बोलाएको छैन' भन्दै बसिरह्यो । २० मिनेट जति बस्दा पनि गुरुङ्गको कुराअनुसार हावा आएन ।

'लौ त ! भरे गर्नुपर्ला' भन्दै अञ्चलाधीश उठ्नुभयो । हामी सबै उठ्यौँ ।

'तैपनि एकछिन बसौँ' भनी जन सर्म्पर्कले रोक्यो । म भने अफिसमा बढी व्यस्तता छ भनी कार्यालयमा फर्की काम हर्ेन थालेँ ।

साँझ ७.३० बजे पुनः जम्मा भयौँ । दिउँसोजस्तै गरेर बस्यौँ । मोटे गुरुङ्ग र दुब्ले बाहुन कोचमै बसेर फर्माउन थाले 'मास, खरानी, बेसार, चामल, फूल र धूप चाहिन्छ ।' प्र.जि.अ. निवास नजिक भएकोले मकहाँबाट लिई आउनू भनी अञ्चलाधीश कार्यालयको पियनलाई भनेँ । कुरैकुरामा बार्‍ह सत्ताइस कुरा हुँदा २० मिनेट जति गएपछि आवश्यक सामान आइपुग्यो । बाहुन कार्पेटमा झरी बस्यो । गुरुङ्ग कर्ुर्चीमै । गुरुङ्गले धूप बाल्यो, बलेको धूप हातमा लिएर म्याम् म्याम्, म्याम् म्याम् गरेकोजस्तो ओठ चलाएर मन्त्र गर्‍यो । आफू वरिपरि घुमाएर बाल्दै गरेको धुवाँवाला धूपलाई मैलो चुरोटका ठूँटावाला एस्ट्रेमा ठडायो । धूपले कोल्टे परेर धूवाँ दिन थाल्यो ।

दुब्लो बाहुनले चामलमा खरानी बेसार मिसायो । मन्त्र जप्न थाल्यो । ओँठ चलायो । खरानीको मिसावट हातमा, निधारमा, कुममा र छातीमा लगायो । फूल लिएर अगाडि पछाडि एउटा कागजमा पुजा गर्‍यो अनि पानी भरिएको जगमा फूल हाल्यो । ढोग्यो अनि रुद्राक्षको माला घाँटीमा लटरम्म पार्‍यो । एक मिनेट जति माला लगाई झिक्यो र अगाडि राख्यो ।

सलाई कोरेर धूप बाल्यो । जप गर्न थाल्यो अघिजस्तै । १ मिनेट जति जप गर्‍यो । रुद्राक्षको माला बत्तीको धूवाँमाथि घुमाइघुमाई धुवाँर्‍यो । घाँटीमा लगायो अनि सोझो ढाड पारेर बस्यो । मन्त्र, टुनामुना गर्‍यो । १ मिनेटसम्म उलुलुल्ल उलुलुल्ल गर्दै दिउँसोजस्तै गरी औँला गाँसेर, लडाउँदै, दायाँबायाँ कोल्टे पर्दै भन्यो - 'हेर ! हेर !! मनुवा ............... म ............ पृथ्वीको मालिक ........... वासुकी .................नाग हूँ । ........... हेर हेर ..................... मनुवा । .................... हूँ ! हूँ !!'

गुरुङ्गले सोध्यो -'के छ - भन्नुपर्‍यो ।' 'हेर हेर मनुवा ........ म सुनिताको मसान ......हावालाई ........... ल्याइदिन्छु । जे सोध्नु छ सोध मनुवा । सबै कुरा थाहा पाउलास् ।।' बाहुनले काम्दै भन्यो । तुरुन्तै हुँक्का छोडी, छोडी आइमाईको जस्तो रूञ्चे आवाजमा रुन थाल्यो अनि अया गर्दै ...... कराउन , चिर्रिन ..... थाल्यो । सुनितालाई मार्दाखेरि उसले भोगेको कष्ट पर््रदर्शन गरेको जस्तो भान भयो । हामी सबै निश्चल भएर हेरी राख्यौँ । एकछिनमै बक्न थाल्यो -'म केके गरुँला, कत्रो मान्छे हुँला भनेर पढ्दै थिएँ । ...... घुम्न आएका बेला मलाई फकाएर ठूलो घरमा लगे अनि पाँच जनाले छुरी हानेर मारेका हुन्' भनेर हूँ हूँ गरी रुन थाल्यो ।

'कसरी मारे - त्यहाँ कसरी लगे - त्यो कसको घर हो - मार्नेहरू कस्ता र कोको थिए -' अञ्चलाधीशले सोध्नुभयो ।

'सिनेमा हर्ेन भनेर त्यो घरमा ल्याए । माथिल्लो तलामा लगेर पालैपालो करणी गरेपछि घर पछाडि रुखको आडमा लगी छुरी हानी मारे । घर चिन्दिन ठूलो घर हो, त्यो घरभन्दा दर्ुइ घरमाथि होटल छ । मार्ने ५ जना थिए । एउटा वनको पिउन पनि थियो । ऊ कहिले हामीतिर कहिले गुण्डातिर गथ्र्यो । ...... उसलाई पनि पछि मारी दिए ।'

'को हुन् ती पाँचजना - कस्ता थिए - नाम बताऊ ।'

'एउटा थानाको पुलिस अफिसर हो, नाम जान्दिन, अरूले सर भन्थे, एउटा त्यो पिउन, अरू ३ वटा गुण्डा हुन्, नाम जान्दिन ' भन्दै फेरि रुन थाल्यो ।

एस.पी. साहवले सोधे - 'पुलिस अफिसर कस्तो थियो - नचिनेका मान्छेसँग कसरी सर्म्पर्क भयो - त्यस दिन कहाँबाट त्यहाँ आयौ -'

यसैबेला मोटे गुरुङ्ग उलुल्ल गर्दै दिउँसोजस्तै गरी काम्यो र फलाक्यो - 'हेर ! हेर ! हेर ! म भनेकी सृष्टिकर्ता ! ............ आदिशक्तिबाट उत्पत्ति भएकी त्रिलोककी महाशक्ति भगवती हूँ । हेर ! हेर ! हेर ! सुनिताको मृत आत्माको हावा ल्याएर यो धामी खेलाइ दिन्छु । जे सोध्नर्ुपर्छ सोध ' भन्दै उलुल्ल गर्दै रोकियो । उतापट्ट िबाहुन भने रोइरहेको थियो ।

एस.पी. साहवले फेरि दोहोराए - 'पुलिस अफिसर अरू अफिसरहरू कस्ता थिए - कसरी तिनीहरूसँग गयौ । भन हामी त्रि्रो हत्या गर्नेहरूलाई सजाय गर्र्छौं ।'

'हेर ! हेर !! हेर !!! मलाई घुमाउन लगे । अघिल्लो दिनहरूमा पनि भेट भएको थियो । प्रेम भावना बस्न गयो । सिनेमा हर्ेन भनेर त्यो घरमा लगे । उपल्लो तलामा लगे । एकछिनपछि घर पछाडि रुखका आडमा लगी चुपी हानी मारे । मान्छेको नाउँ जान्दिन । पुलिस अफिसर गोरोगोरो छ, दाहिने गालामा कोठी छ, मझौला अग्लो छ, अरूले सर भन्थे, एउटा गुण्डा कालो र घुङ्ग्रे कपाल भएको थियो । अरूको याद भएन ' भन्दै बाहुन आइमाईको स्वरमा रुँदै रह्यो ।

'मीरा र त्रि्रो बहिनी के भए -'

'उनीहरू पहिल्यै छुटेका थिए, मारिसकेका छन् तिनै गुण्डाले 'रुँदै रह्यो ।

'तिमीलाई किन लगे - त्यहाँ करणी गरे कि गरेनन् -'

'सिनेमा हर्ेन भनी लगे । त्यहाँ लगेपछि करणी गरे । सबैले गरे । किन यसो गर्‍यौ - भन्दा राती १ बजे मलाई मारे' भन्दै रोइरह्यो ।

अब गुरूङ्गले नेतृत्वदायी प्रश्न गर्न थाल्यो -'सिनेमा हर्ेन गएको कि, भिडीओ हर्ेन गएको -'

बाहुनले रूञ्चे स्वरमा हातका औँला लडाउँदै भन्यो 'भिडीओ हर्ेन गएको ।'

कस्को घरमा - श्यामकृष्णको घरमा हो कि र्-र्'

अँ श्यामकृष्णको घरमा हो ।'

'के दर्ुइतले घर छ -'

'अँ दर्ुइतले घर छ ।'

'मारेको घरको पछाडि वरको रूख छ -'

'अँ वरको ठूला पात भएको दूध आउने रूख छ ।'

'मारेर फाल्न बोकेर लग्यो -'

'अँ पाँच जनाले बोकेर लगे र सेती नदीमा फँ्याकिदिए ।'

'के छुरी नै हानेको -'

'हो, छुरी हानी हाल्यो छातीमा, म बेहोस भइहालेँ । छुरीले हानी मारेको हो ।'

मलाई त्यो सब नाटक फोस्रो, रद्दी, नीच नाटक मन परेन र भनेँ- 'गुरूङ्ग तपाईंले यसरी नेतृत्वदायी प्रश्न नगर्नुस् । यस्तो बेफ्वाकको कुरा गरेर के फाइदा - जबकि पोष्टमार्टममा छुरी हानेको देखिएको छैन ।' अञ्चलाधीशले मेरो मुखमा हर्ेनुभयो । तर, केही भन्नुभएन ।

गुरूङ्गले मलाई केही भनेन । तर, बाहुनलाई भन्न थाल्यो -'हेर सुनिता ...... साँचोसाँचो बता ....... नत्र मैले तँलाई यहीँ बाँधेर राख्छु, जान दिन्नँ ......। टन्न बाँधेर राख्छु । भन साँचो कुरा ।'

बाहुनले रूञ्चे स्वरमा भन्यो 'मैले आज जे भनेँ यत्ति हो ...। मेरो वैतरणी भएको छैन ... म वितारामा परेकी छु । मेरो वैतरणी भयो भने म खुशी हुन्छु । सबै कुरा सत्यसत्य भन्नेछु,, फेरि भन्नेछु । आज म भन्न सक्तिनँ.....। म अपठ्यारामा परेकी छु ।'

'तँ बोल्ने को होस् - ..... सत्य कुरा भन, वैतरणी हुन्छ ।' मोटे गु/mङ्गले सबैको दम भएझैँ गरेर कड्किँदै भन्यो ।

'म सुनिता हुँ । मेरो वैतरणी भएपछि सबै कुरा भन्छु, अैले म अपठ्यारोमा परेकी छु, भन्न सक्तिनँ ।' /mञ्चे स्वरमै भन्यो । 'अँ..अँ.... अँ अँ ।' गर्‍यो । आइमाईको स्वरमा रोयो अनि टक्क रोकियो । आँखा च्यायो । पुलुक्क हेरेर अञ्चलाधीशलाई भन्यो -'हवाको कुरा कति साँचो, कति झुटो । म जान्दिनँ हजुर, हजुरहरूले सुनिबक्स्यो होला त्यही हो ।' एस.पी. साहबले सोधे -'तपाईंलाई अघि भनेको कुरा सबै सम्झना छ -' उसले भन्यो -'छ ।'

कर्र्णोल शाहले सोधेपछि अघि काम्दै रुँदै गरी भनेको कुरा दोहोरायो । तर, पुलिस अफिसरको कुरा भनेन । मैले सोधेँ - 'सबै सम्झना छ भन्नुभयो तर पुलिस अफिसरको बारे भन्नुभएन ।' 'त्यो त सम्भिmन्न' भन्यो । यसैबेला बत्ती निभ्यो । सबै उठ्यौँ । लाइटको सहाराले उसले मालासाला झोलामा हाल्यो । सबै बाहिर निस्क्यौँ ।

गुरुङ्ग र बाहुनलाई गेष्ट हाउसमा खाना खाई त्यहीँ सुत्न भनी पठाएँ । अञ्चलाधीश, कर्र्णोल, जनसर्म्पर्कहरू अञ्चलाधीशकहाँ गए । एस.पी. र म प्र.जि.अ. निवासमा आयौँ । बस्यौँ । यो नाटकबारे विचार विश्लेषण गर्‍यौँ । एस.पी.ले मलाई सोधे - 'यो नाटक किन र केको लागि -'

'तपाईंलाई कस्तो लाग्यो त -' मैले सोधेँ ।

'मलाई त अञ्चलाधीशले पुलिसलाई पFmसाउन प्लट बनाउँदै त छैनन् - भन्ने लाग्छ ।'

'एस.पी. साहब । तपाईं र म सुनिता, नमिता हत्याकाण्डले जनसमाज बिथोलिएपछि खटाइएका कर्मचारी हुनाले अञ्चालधीशले हामीप्रति विश्वास राख्दैनन् । हत्याकाण्डबारे, अञ्चलाधीश, डि.आइ.जी., डी.एस.पी., र अञ्चलाधीशका खास मान्छेहरूलाई थाहा छ । तर, उनीहरूका मानिसका मालिक हुनाले दवाइ आएका छन् । हामीहरू अपराध अनुसन्धानमा लाग्यौँ । यो थाहा भएपछि हाम्रो ध्यान अन्त मोड्न, द्विविधामा पार्न, अन्यौलको स्थिति सिर्जना गरी देखाउन र हामीलाई दिग्भ्रमित पार्न खेलिने नाटक षडयन्त्रमध्ये यो एउटा नीच नाटक हो । हामी यस्ता प्लटलाई बेवास्ता गरी अनुसन्धानमा हाम्रै विवेक र बुद्धिले अगाडि बढ्नर्ुपर्छ । जबसम्म हामी जिम्मेवारी बोकिरहेका हुन्छौँ । समय र परिस्थितिले साथ दिएसम्मै यस्ता षडयन्त्रसँग संर्घष्ा गर्दै बढ्नर्ुपर्दछ ।.... प्रशासन र राजनीति तथा समाजको सहयोग लिन यी शक्तिलाई परिचालन म गर्छर्ुु तपाईं प्रहरी शक्तिलाई सही परिचालन गरी अनुसन्धानमा अगाडि र उपयोगमा ल्याउनुहोस् ।' प्रहरी शक्तिले साँच्चिकै काम गरिदियो भने अपराधी पत्ता लागी छाड्नेछ तर साहव ! हत्याको समयका डि.आ.इ.जी., डी.एस.पी.हरूकोे प्रभाव प्रहरी शक्तिमा परिरहन हुन्न । त्यो च्याप्टर क्लोज -ती दिन गए) भएको पारी नयाँ विचार र नयाँ प्रयास लिई अगाडि बढ्न प्रहरी शक्तिलाई परिचालन गर्नुपर्छ नत्र हामीलाई प्रहरी शक्तिबाटै धोका हुनेछ ।'

'म नयाँ शुरुआत गरेर प्रहरी शक्ति परिचालन गर्छर्ुु भएको प्रगति, कार्यशैली वा उठाउनुपर्ने कदमबारे दैनिक यसैबेला अनुभव र विचार आदानप्रदान गर्ने गरौँ ।' यस्तै सरसल्लाह र प्रशासन, प्रहरी, पञ्चहरू तथा र्सवसाधारण जनताको सहयोगमा हाम्रो स्तरबाट हाम्रो विवेक विचारमा आफ्नै ढङ्गले अनुसन्धान कार्य जारी राखौैँ ।

अञ्चलाधीशको टुनामुनावाला नाटकजस्ता गलत तरिका अपनाई ठूलो धनरासी खर्च गरिरहेको उचित छैन । टुनामुनाजस्ता वकम्फुसे माध्यम के कसलाई देखाउन र अन्यौलमा पार्न गरिन्छ - यसरी पनि हत्या पत्ता लगाउन सके त खुसीको कुरा हो । तर, यस्तो तरिकाबाट सम्भव छँदै छैन । मान्छे ठूलो पदमा बसेकै नाताले महान् हुँदैन, काम र चरित्रले महान् हुन्छ । चरित्र र काम हर्ेर्ने परिपाटी देशमा स्थापित हुनर्ुपर्छ न कि मान्छे !' यस्तै कुराहरू गरी आजलाई छुट्टयिौँ ।

०३८ कार्तिक २२ गते ८.३० बजे डि.एफ.ओ. ललितरत्न शाक्यले बोलाउनुभए बमोजिम उहाँका घरमा गएँ । एकछिन बसेपछि एकजना महिला आइन् । धेरै कुराहरू गरेपछि उनले भनिन् 'आषाढ ५ गते साँझ भोल्गाजस्तो रसियन जीपमा राखी सैनिकले बन्दुक तालिम गर्ने ठाउँमुनि लगी पेस्तोलले हानी चूडामणिलाई मारी सेती नदीमा फालेका हुन् । त्यसरी हत्या गर्ने प्रहरी ४ जना हुन् । ह. कृष्ण बहादुरलाई चिन्दछु । अरूलाई चिन्दिनँ । अरू कृष्णबहादुरबाट खुलोस् ।'

उनलाई 'आवश्यक पर्दा खबर गर्नेछौँ । नमिता, सुनिता र मीराको हत्याबारे राम्रो बुझनुहोला र फेरि भेट्न आउनुहोला' भनी /m ३००/- हातमा राखिदिएँ । बिदा गरेपछि, डी.एफ.ओ.लाई 'साथी भोलि काठमाडौं जाऊँ, गृह सचिव र प्रधानमन्त्रीसँग दुवैजनाले भेटौँ । साथै, तपाईंले काम गरेकोमा तपाईं पुरस्कार र सम्मान, प्रगतिका लागि प्रधानमन्त्री र गृह सचिवमा म तपाईंको सबै कुरा राख्छु । यसरी अगाडि बढौँ, काम गरौँ । भोलि बिहानको प्लेनमा काठमाण्डौं जाऊँ' भनेँ । उनले 'हुन्छ' भनेपछि भोलिको काठमाडौंको कार्यक्रम बनाई फर्किँदासमेतको दुवै जनालाई हवाइ जहाजको टिकट लिएर आएँ ।

भोलिपल्ट कार्तिक २३ गते ७.३० बजे काठमाडौं पुग्यौँ । म नेपाल लजमा बसेँ । उहाँ कतातिर बस्न जानुभयो । १० बजे मन्त्रालयमा गई सचिवलाई भेटेँ । मसँग डि.एफ.ओ. आएका छन् । उनलाई हत्याबारे जानकारी छ । हजुरले भेटी 'म तपाईंको कदर गराउँछु । हत्यारा पत्ता लगाउने काम गर्नुस्' भनी हौसला दिनुपर्‍यो' भनेँ । उहाँले भोलि १० बजे उहाँकै 'घरमा लिई आउनू' भन्नुभयो ।

भोलिपल्ट बिहान प्रधानमन्त्रीकहाँ गएँ । भोलिको समय लिएँ । १० बजे डि.एफ.ओ. शाक्यलाई लिई गृह सचिवकहाँ गएँ । उहाँसँग कुरा हुँदा उनले यसरी भने - 'चूडामणिलाई प्रहरीले जीपमा राखी लगेका थिए । दिनभरि प्रहरीमा राखी साँझ गाडिमै राखी लगी शाही सेनाले तारो हान्नेमुनि चौरको ढीकमा पेस्तोलले हानी मारेका हुन् र नदीमा फ्याँकिदिएका हुन् । जसमा हवल्दार कृष्णबहादुर एक जना छ । अरू ४ जना छन् । यसैबाट नमिता, सुनिताको हत्या पत्ता लाग्नेछ ।'

सचिवले 'धर्ैयपर्ूवक ती कुरा सुन्नुभयो र भन्नुभयो -'राम्रोसँग खोज्दै जानुस् । काम गर्नेलाई कदर गर्नेछौँ । यो सबै कुरा प्यालेसमा पुग्छ, अन्त खुल्नेछैन' यसपछि डी.एफ.ओ. साहव अलि ढुक्क हुनुभयो र मप्रति अलि आत्मीय पनि । कार्तिक २५ गते ८ बजे प्रधानमन्त्रीकहाँ गएको फेरि समय सर्‍यो । २७ गतेको मात्र समय पाइयो । त्यतैबाट दरबारका प्रमुख सचिव रञ्जनराज खनालकहाँ पसेँ । 'डि.एफ.ओ.लाई लिई आएको, गृह सचिवसँग उहाँको भेटघाट गराइसकेँ । प्रधानमन्त्रीलाई भेटेपछि र्फकन्छु भन्दै नमिता, सुनिता, मीरा, चूडामणिको हत्या सम्बन्धी अनुसन्धानमा आजसम्म भएको विवरण जानकारी गराएँ । उहाँले भन्नुभयो - 'र्सतर्क हुनू, हत्याराले तपाईंलाई पनि मारिदेला । एक जनालाई मार्नेले अरूलाई पनि मार्न सक्छ ........तपाईंलाई पनि मार्ला है बँच्नुस् ।' 'मारेछ भने के गर्ने र ! कर्तव्य पालन गर्दा एक दिन मर्नै पर्छ' भनेँ । 'तर बाँचेर काम गर्नुस्' भन्नुभयो । 'प्रयास त त्यही गर्छर्ुु तर .............. ।' विदा भई फर्किँदा बाटोमा मनभरि कुरा खेले 'यो हत्यारा कहाँ र कति बलियो छ - अहिलेसम्म सुरक्षित छ । पत्ता लगाउन खोज्दा आफ्नो प्राणको प्रश्न उठ्छ !'

कार्तिक २६ गते बिदा हुने सर्न्दर्भमा गृहमन्त्री, गृह सचिवकहाँ गएँ । कुराहरू धेरै भए । तर, यस पटक गृह सचिवले गत पटकहरूमा झैँ राम्रो उत्साह र हौसला देखाउनुभएन । अनुसन्धानमा लाग्ने खर्चबारे कुनै आश्वासन र हौसला दिनुभएन । त्यसबेलाका प्रहरी जिम्मेवार अफिसरहरू हत्यारासँग मिलेको भन्ने कुरा डि.एफ.ओ.बाट पेश भएपछि उहाँको विचारमा केही बदलाव आयो कि - मैले बुझन त सकिनँ तर शङ्का र द्विविधा लाग्यो । साथै, प्रमुख सचिवको -'मारिदेला ........ बँच्नुस् ........ बाँचेर काम गर्नुस्' शब्दहरू सम्झेँ । अरू द्विविधामा परेँ । 'शायद यो हत्यालाई दवाउन नै चाहन्छन् कि सबै ।' गृहमन्त्रीले भने 'राम्रो हौसला दिनुभयो । तर, उहाँको हौसलामा केही दम रहँदैन ।' भोलिपल्ट कार्तिक २८ गते बिहानै ८.३० बजे प्रधानमन्त्रीलाई भेट्न गएँ । भेटेँ । पोखरा नमिता, सुनिताको हत्याबारे कुराकानी भए । 'खोज्नुस् । सकेसम्म हत्यारा पत्ता लाउनुस् । केही परे मलाई खबर गर्नुस्' त भन्नुभयो । तर, उहाँको भनाइमा पनि भित्रैदेखि भनेजस्तो लागेन । यस पटकको काठमाडौंको यात्राले मेरो मनमा द्विविधामात्र सिर्जना गर्‍यो - 'के नेपालका ठूलाठूलाहरू हत्यारा पत्ता लगाउन चाहँदैनन् - ....... मलाई यो सब किन भन्दैनन् -- म कसरी बुझूँ - उनीहरूको भित्री मन - ...... मन खल्बलिने परिस्थिति रहेको अनुभव त गरेँ । तर, पोखरा फर्किँदासम्म शङ्कातिर स्पष्ट हुन र उनीहरूको आशय बुझ्नतिर लाग्यो भने कर्तव्य पथबाट विचलित हुनुपर्ने हुन्छ, तर्सथ, सबै कुराहरूलाई बेवास्ता गर्दै, नबुझेझैँ गर्दै आफ्नो कर्तव्य पालन गर्ने सिलसिलामा अनुसन्धान कार्य जारी राख्ने अठोटलाई अगाडि बढाइराखेँ । कार्तिक २७ गते चार बजे पोखरा फर्केँ । डि.एफ.ओ. पनि सँगै फर्के । साँझ १० बजे एस.पी.जी आउनुभयो । मैले काठमाडौंका, उहाँले पोखराका कुराहरू आदानप्रदान गर्‍यौँ ।

मार्ग १० गते दरबारले नारायणी अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गलाई पोखरामा गई नमिता, सुनिताको हत्याको अनुसन्धानमा मद्दत पुराउनू भनी पठाएछ र उहाँ आउनुभयो । भोलिपल्ट मार्ग ११ गते दिउँसो ३ बजेतिर नारायणी अञ्चलाधीशको नेतृत्वमा, गण्डकी अञ्चलाधीश, एस.पी. जनसर्म्पर्कहरूसँग म पनि गएँ । पृथ्वी नारायण क्याम्पसमुनि खरबारी खोल्साखोल्सी, बयरघारी, तुल्सी वनमा तित्रा च्याँखुरा खोजेझैँ -'यहाँ आए होलान् - केटाकेेटीहरू भएर यो त्यो घारीमा, त्यो कुनामा, ......... केटीहरूलाई रेप गरे हुनन् । त्यो पुलबाट हिँडे हुनन् । पुलबाट आउँदा वा जाँदा चूडामणिले देखे होला । तब उसलाई पनि मारिदिए हुनन् ।' यस्तैयस्तै कुराहरू गर्दै, अनुमान गर्दै, पाखापखेरा खोँच, झोराहरू हर्ेर्दै हिँड्यौँ । मलाई यो पनि अर्को प्रकारको नाटक लाग्यो र भनेँ - 'जेठको घटना अहिले आएर तुल्सी वन, पाखापखेरा खोजेर हत्यारा पत्ता लाग्ने त होइन ! हामी यो के गरिरहेका छौँ - ......... यसो नगरौँ, यसबाट केही कुरा पत्ता लाग्दैन । ........ यो ठाउँ खोज्ने त त्यसैबेला थियो । अब सान्दर्भिक छैन यो तरिका ।' 'के भन्नुभाको तपैंले - हत्याको वातावरण कसरी कहाँ तयार भयो - भनी पृष्ठभूमि खोज्दा यो सब अध्ययन हुनर्ुपर्छ नि' भन्न्ुभयो नारायणी अञ्चलाधीश गुरुङ्गले । यसबारे अरू छलफल गरेनौँ । एकछिन पुलतिर हेरी फक्र्यौ । गण्डकी अञ्चलाधीशको आयोजनामा ड्रागन होटलमा गयौँ । साँझको खाना त्यहीँ खायौँ । राती १२ बजेसम्म त्यहीँ हत्याकाण्डबारे नै छलफल र समीक्षा गर्‍यौँ । खास त, दर्ुइवटा अञ्चलाधीशले छलफल गर्नुभयो । हामी श्रोतागण भएर सुन्यौँ ।

मार्ग १४ गते जानुका अधिकारीको माध्यमबाट चूडामणिकी श्रीमतीलाई बालमन्दिरमा भेटेँ । १० देखि १२ बजेसम्म 'नमिता, सुनिता, मिराबारे चूडामणिले तपाईंसँग कुरा गर्नुभएको थियो कि - के भन्नुभएको थियो - साथै, चूडामणिकै हत्या कसरी कसबाट भयो भन्ने लाग्छ -' भनी सोधेंँ । उनले केही कुरा नभएको र थाहा नभएको कुरा गरिन् । दर्ुइवटा छोराछोरी एस.ओ.एस.मा राखी पढाइदिने र अरू आवश्यक सहयोग पनि उपलब्ध गराइदिने आश्वासन दिँदै 'हत्याराको खोजीमा लागी मलाई सहयोग गर्नुस्' भन्ने आग्रह गरेँ । पौष ७ गते एस.ओ.एस. बालग्राममा उनका ४/४ वर्षा दर्ुइवटा छोराछोरीलाई लगी राखिदिएँ पनि । तर, उनीबाट अनुसन्धानलाई मद्दत हुने गरी केही सहयोग भएन । एकतर्फी चाकडीजस्तो त भयो । अपराधीको अपराधबाट बिचल्लीमा परेेका परिवारलाई सेवा पुराउन पाएकोमा खुशी नै लाग्यो । देवताकै सेवा गरेको अनुभव त भयो ।

यस्तैयस्तै क्रमबाट त्यस्तैत्यस्तै विभिन्न नाटकहरू हर्ेर्दै, देख्दै मेरोतर्फाट हुने अनुसन्धान अगाडि बढाउँदै राखेँ । प्रशासन, प्रहरी, एस.पी., नयाँ इन्स्पेक्टर पोखराबासी पञ्च, वुद्धिजीवी तथा र्सवसाधारण जनताको विश्वास र मायाँ तथा सहयोग राम्रो प्राप्त हुन सक्यो । जसबाट आफ्नो कर्तव्य पालनको बाटोबाट हिँड्दै गरेँ । मेरो कार्यनीतिले शहर बजार, होटल, सेती नदीदेखि गाउँगाउँसम्म व्यापकरूपमा काम हुँदै गयो र पोखरा तथा कास्की जिल्लाभर शान्ति सुरक्षाको स्थिति राम्रो हुँदै आयो ।

फाल्गुण २६ गते मंगलबार बिहान ६ बजे नै फोन आयो - कहाँ कताबाट को बोलेको भन्ने परिचय नदिइकन भन्यो - 'सि.डी.ओ. हो -' मैले भनेँ - 'हो, म सि.डी.ओ.मा काम गर्ने मान्छे बोल्दैछु' भनेँ । उसले 'ए । तँ सि.डी.ओ., फर्ूर्ति नगर है तैले, जे गरिस्, यत्तिमा बस । अरू अगाडि बढिस् भने तेरो या त यहाँ बसाइ छैन, या खैरियत छैन । कुरो आफै बुझ । अगाडि नबढ !' भन्यो । फोन राखिहाल्यो । मैले जवाफ दिने मौकै दिएन । मैले त्यसलाई खास महत्त्व नदिई आफूलाई सधैझैँ सक्रियरूपमा अगाडि लगिराखेँ । ७.३० बजे डि.एफ.ओ.कहाँ पुगेँ । उनले बडो राम्रो व्यवहार गर्दै माथि लगे । चिया र प|mाइड अण्डा झिकाए । खाँदै कुराकानी गर्दै उनले 'नमिता, सुनिता, मीरा र चूडामणिको हत्याबारे' विस्तृत कुरा गरे । मैले छलफल गरेँ । सोधेँ । दुवैले समीक्षा गर्‍यौँ । बहस गर्‍यौँ । हत्या, अपराध, भ्रष्टाचार, पक्षपात आदि स्थितिबारे दुःखपर्ूण्ा समीक्षा गर्‍यौँ । जसअनुसार 'जेष्ठ १६ गते दर्ुइजना केटाहरू काठमाडौंबाट नमिता, सुनिता, मीराहरू आएकै बसमा आए । बाटोमा ती केटीहरूलाई बिस्कुटहरू पनि दिँदै, पोखरामा कहाँकहाँ घुम्ने - कहाँ बस्ने - सोध्दै आए । १७ गते उनीहरू बसेको ठाउँ वरिपरि टहल्लिएर फर्किएका पनि थिए ।

जेठ १८ गते काठमाडौंबाट एउटा नीलो कार आयो र व्यारेकमा पस्यो । बस्यो । यसपछि बसमा आउने केटाहरूलगाई कहाँ जान्छन् के गर्छन् भन्ने कुरामा पछि लगाई कारमा आउनेहरूले नीज केटीहरूसँग भेटघाट गरेर विश्वासमा ल्याई जेठ २४ गते पोखरा बजार ब्यारेकमा खाने बस्ने निम्ता गरी लगे । यसपछि उनीहरूको लासमात्र फेला पर्‍यो ।

डी.एस.पी. मुल्मीलाई पैसा खुवाएर र अरू ओहदाधारीलाई माथिको प्रभावमा पारेर केश पचाउने कुरा मिलाई सोही कारमा काठमाडौं फर्के । चूडामणिले यो घटना आफ्ना आँखाले देखेको हो र प्रहरीसँग भनेको हो, त्यसबेला छाडिदिए । पछि खुल्ने डरले आषाढ ५ गते नीजलाई प्रहरीले पक्री डी.आइ.जी.को गाडीमा राखी जि.प्र.का.मा ल्याएर राखे । राती पेस्तोलले हानी मारेर पुरातत्त्वमुनिबाट सेतीमा खसाली बगाइदिए । केटीहरूलाई मार्ने हत्यारा निलो कारमा काठमाडौंबाट आएका व्यक्तिहरू हुन् । चूडामणिलाई उनीहरूकै निर्देशनमा प्रहरीले मारेका हुन्' भन्ने कुरा आज सम्मको सुनाइबाट बुझिन आएको कुरा गर्‍यौँ । 'काठमाडौंबाट निलो कारमा आउने विनोदशङ्कर श्रेष्ठ र राजु राणा हुन्' भन्ने पोखराको जनसमाजमा चर्चा भइरहेको विषयमा पनि कुरा गर्‍यौँ । साँझ फोन गरेर गृह सचिवलाई अवगत गराउदै त्यहीँ आएर निवेदन गरूँ कि - लिखित प्रतिवेदन जाहेरी गरूँ - अरू कार्यवाही के कसरी अगाडि बढाऊँ -' भन्ने अनुरोध गरेँ । उहाँले 'आवश्यक पर्दा म झिकाउँछु, लिखित पठाउनुपर्दैन, यी त सुनिरहेकै कुरा हुन् । अरू सत्यतथ्य खोजी जारी राख्नू । नयाँ अञ्चलाधीशले पनि केही गर्नुहोला' भन्नुभयो ।

'हवस्' भनेँ । सो निचोड अस्वीकृत भएको, अनुसन्धान गर्ने जिम्मेवारी पनि अञ्चलाधीशतिर गएको कुरा बुझेँ । दरबारलाई सि.डी.ओ.ले सोझै लेखापढी गर्ने जिम्मेवारी थिएन र त्यो जिम्मेवारी गृह मन्त्रालयको थियो । प्रमुख सचिवलाई व्यक्तिगतरूपमा जानकारी गराउँदा 'गृह मन्त्रालयको आदेश निर्देशन बमोजिम गर्नू' भन्नुभयो । प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि पोखरामा सबैतिरबाट सुनिन आएको कुरा नै निष्कर्षो रूपमा अवगत गराउँदा कार्यवाहीलाई अगाडि बढाउने तातो जिम्मेवारी महशुस भइरहेको र स्थानीय प्रशासनलाई अगाडि बढ्न तताएको अनुभव भएन अनि 'ताप्के नताती बिँड तातेको' अनुभव गरेँ ।

यसमा झिनो रूपमा कहीँकहीँ नीर शाहको पनि नाम आएको थियो । काठमाडौंमा भेट हुँदा उहाँले 'म अपराधमा संलग्न नहुँदा नहुँदै पनि ममाथिको हल्लाले मेरो मन दुखेको छ, नखाएको विष लाग्ने हो भने त मेरा जहान परिवार छोराछोरीको विचल्ली हुन्छ, हजुरले सही छानबिन गरिदिनुपर्‍यो' भन्नुभएको थियो र उहाँको फोटो मागी ल्याएको थिएँ । त्यस फोटोबाट फोटाहरू निकाली प्रचारमा ल्याइदिएँ । ताकि हत्यारा यही हो भनी कसैले प्रतिक्रिया जनाउँछ कि - देखाउँछ कि -- भनी केही युवकहरूलाई फोटो दिएर ठाउँठाउँमा देखाउँदै प्रतिक्रिया माग्दै गर्नू भनी लगाएँ । चैत्र १ गते 'के.सी.ले 'चिया पसलमा बसी फोटो टेबुलमा राखी लगभग ५० जनालाई देखाए । कसैले पनि यस फोटोप्रति शङ्का गरेनन् ।' भन्नुभयो ।

'मरेको बाघको जुँगा उखेल्ने ।' भनेजस्तै अरू पक्का गर्न नीर शाहलाई खेलकुदका कार्यक्रमहरूमा पोखरा बोलाएँ । र्सार्वजनिक फिल्डमा सहभागी बनाएँ । कसैबाट पनि उहाँलाई नमिता, सुनिताको हत्या काण्डमा सम्मिलित भएको प्रतिक्रिया दर्शाएन - औँलाएन । यसपछि उहाँप्रति शु/mशु/mमा शङ्का गर्नेहरूको पनि शङ्का निवारण भयो । अर्थात् उल्लिखित अपराधमा उहाँको सम्मिलन छैन भन्ने पुष्टि हुन आयो ।

उता चैत्र १ गतेदेखि नयाँ अञ्चलाधीश खड्गबहादुर जी.सी. अनुसन्धानतर्फसक्रिय हुन थाल्नुभएको लाग्यो - साँझ डी.आइ.जी. कार्यालयमा रुकु र रुद्रमणि -विन्धवासिनीको पुजारी) लाई सपरिवार बोलाउनुभएछ । मलाई र एस.पी लाई पनि बोलाउनुभयो । गयौँ । १० बजेसम्म सोधखोज गर्नुभयो । मलाई गृह सचिवले अञ्चलाधीशले पनि अनुसन्धान गर्नुहोला भनेको ठिकै रहेछ' भन्ने लाग्यो र उहाँलाई सुझावको रूपमा भनेंँ - 'अनुसन्धान गरेर मात्र के हुन्छ र शङ्का लागेका वा अभियुक्त देखिने खालका मानिसमाथि बुझने कारकेर गर्नेजस्ता कार्यवाही हुने भएमात्र अनुसन्धानको महत्त्व हुन्छ - अहिलेसम्मको अनुसन्धान स्वाङ्ग, ढ्वाङ्ग र केटाकेटी खेलेको वा जनताको आँखामा छारो हालेको मात्र हुन गएको छ ।'

उहाँले 'अब त्यसो हुन्न, म कार्यवाही शु/m गर्राई छाड्छु ।' भन्नुभयो । तर, के कति अनुसन्धान अहिलेसम्म भएको छ - को कसैमाथि शङ्का वा अभियुक्त देखिएजस्तो छ कि - केही सोध खोज गर्नुभएन र मैले पनि यो कुरा छ भन्ने कुरा गरिनँ । चल्ती गाडी आफ्नोआफ््नो बाटोमा चल्दै गयो । 'दामोदर रेग्मीमार्फ नमिता, सुनिताका बाबुआमासँग उहाँहरूका विचार र निष्कर्षलिनुपर्‍यो ! अनुसन्धानको तरिका अरू केही छ कि - उहाँहरूलाई कुनै व्यक्तिमाथि शङ्का छ कि - भेट्नु पर्‍यो' भन्ने विचार गरी चैत्र ५ गते बिहान काठमाडौं फोन गरी साथी रेग्मीलाई 'भोलि बिहान १० बजे मुग्लिङ्गमा भेटौँ' भन्ने प्रस्ताव राखेँ, अञ्चलाधीश, स.अं. र एस.पी.हरूलाई पनि जाऊँ भनी आग्रह गरेँ । उहाँहरूले पनि कार्यक्रमलाई स्वीकार गर्नुभयो ।

भोलिपल्ट चैत्र ६ गते ८ बजे हिँडी १०.१० बजे मुग्लिङ्ग पुगेँ । २ बजेसम्म महावीर गुरुङ्गका लजमा बसी पर्खेँ । मृत बच्चीहरूका बाबु माधवराज भण्डारी २ बजे आइपुग्नुभयो । ठिक यसैबेला अञ्चलाधीश, सहायक अञ्चलाधीश र एस.पी.हरू पनि आइपुग्नुभयो । सबै जम्मा भएर बजारभन्दा अलिकतिमाथि सडकको अफिस अतिथि कक्षमा निस्क्यौँ । आजसम्मका अनुसन्धान सम्बन्धी अनुभव र माधवका विचारहरू आदानप्रदान गर्‍यौँ । कुरैकुराको सिलसिलामा अञ्चलाधीश जी.सी.ले भन्नुभयो 'मीरा चरित्रहीन केटी हो, उसले केटासँग मिलेर उनीहरूका अनुसार केटीहरूलाई फँसाउन पोखरा ल्याएर आएकी हो । ऊ जीवित छ' भन्ने कुरा पनि सुनिन्छ नि ! भण्डारीको विचार के छ -' भन्नुभयो ।

माधवले भन्नुभयो - 'मीरा पराजुली निर्भीक केटी थिई, साथै, चरित्रहीन हैन । साथै, बाँचेकी छ भन्ने कुरा वाहियात हो ।' यसबाट मेरो निष्कर्षा पुष्िट मिलेको अनुभव भयो । बोराको लास वयस्क आइमाईको लास मीराको लास नै हुनर्ुपर्छ । ऊ निर्भीक केटी भएकीले बलात्कार हुँदा प्रतिवाद गर्न खोज्दा उसलाई पहिला नै मारिएको हुनर्ुपर्छ । चरित्रहीन र जीवित छ जस्ता कुरा हत्याराका तर्फाट फैलाएका हल्ला फसाद हुन' भन्ने लाग्यो । आयन्दा लाग्ने कुरा वा अनुभव र जानकारी आदानप्रदान गर्ने सल्लाह गरी बिदाबारी भयौँ । अञ्चलाधीशको टोली पोखरातिर फर्की हाल्यो । म मेरी जीवनेश्वरी बुटवलबाट आउने हुँदा एकछिन बसेँ । माधवसँग पुनः कुरा भए ।

उहाँले भन्नुभयो - 'र्सर्ूयबहादुर ! देवीलाई पूजा गरेझैँ गरी पालेका हृदयका टुक्रा दर्ुइदर्ुइवटी छोरीहरूको यसरी जङ्गली पाराले हत्या भयो । म कति दर्ुभाग्यवाला हूँ । ...... हत्यारा कति पापी हो । जे गरे भए पनि नमारी दिएको भए, मलाई जिन्दगीभरि रुनुपर्ने थिएन ।' गहभरि आँसु गर्नुभयो । म छोराछोेरीको बाबु ! मेरो पनि दील उहाँकैसँग मिल्यो - त्यस्तै हालतमा भएर सोधेँ - 'भण्डारी ! मीरा वा जनसाधारणबाट शङ्का गरिएका केटाहरूसित छोरीहरूसित वा तपाईंसित कुनै दुश्मनी वा मनमुटाव वा बदलाको भावनाजन्य मानसिकता केही थियो - थिएन --' 'थिएन, केही थिएन । मीरासित छोरीहरू खूब मिल्थे । त्यस्तो केही थिएन' भन्नुभयो । फेरि एकछिन रोकिएर आँखा पुछ्दै भन्नुभयो, -'र्सर्ूयबहादुर म त यताउता सर्म्पर्क गर्छर्ुुसाथीहरूसँग भेटघाट गर्छर्ुुसहने प्रयास गर्छर्ुुसहन प्रेरित हुन्छु । तर, श्रीमती छोरीहरूकी आमा !! उसको बेहाल छ । अहिलेसम्म पनि उसलाई सहने शक्ति आइरहेको छैन । खाना खान बस्छौँ- छोरीहरू सम्झेर आँखाभरि आँसु गरी कच्रक्क भाग छोडेर कोठामा जान्छे । घोप्टो परेर रुन्छे । सम्झाइबुझाई गरी एउटा रोटी त खाऊ भन्छु । मेरो मन राखी दिन रोटी लिन्छे, मुठीमा डल्लो पारी आँसुले भिजाएर बेहोशी र एकसुरे भएर कोठामा जान्छे, धेरैजसो दिनहरूमा बाहिरै निस्कन्न । भगवान् पुकार्दै आँसूमा डुबेर सक्किइसकिएकी छे' ।

'खान बस्छौँ, छोरीहरू सम्झेर, आँसु बगाउँदै रोटी मुठीमा डल्ला पारेर आँसुले भिजाएर बेहोशी र एकसुरे भएर कोठामा जान्छे !' उहाँको यस्तो अभिव्यक्तिले मलाई पनि विहृवल बनायो । उहाँ त यो सब व्यक्त गरिसक्दा गिलो भइसक्नुभएकेा थियो । मैले भनेँ 'भण्डारी मैले अनुसन्धानमा कुनै कमी हुन नदिई म सक्दो प्रयास त गर्छर्ुुर ..... तपाईंले काठमाडौंलाई जति बुझनुभएको छ । त्यति मैले बुझेको छैन ।'

'कैफियत काठमाडौंबाटै छ । अञ्चलाधीश वा ठूलो पद पदाधिकार वा ठूलो ठाउँबाट अनुसन्धान अथवा हत्यारामाथि कार्यवाही हुनेवाला छैन, हुने भए भइसक्थ्यो, हुन्न, तपाईंबाट केही हुन्छ कि भन्ने आशा गरेको छु । तर, म्यासिनरी तपाईंभन्दा पहिलेदेखि नै ठूलोबाट सञ्चालित छ । यो पनि बुझछु र तपाईंबाट गरिने आशामा पनि शङ्का गर्छर्ुु..................।' यस्तै कुराहरू गरेर दुबै रोयौँ । बिदा हुने बेलामा आÇनी श्रीमती सफलादेवी भण्डारीको पुकार र सराप उद्धृत गर्दै - 'मेरा निरीह छोरीहरू र मिरासमेतको रगतले पोलेर अपराधीहरू, अपराधीका संरक्षकहरू अङ्गभङ्ग भई सपरिवार मास्सिएको र समूल नास्सिएको देख्न पाऊँ ।' भन्नुभयो ।

यस भेटबाट म 'नमिता, सुनिता, मीरा र चूडामणिलाई हत्या गरिएको अनुसन्धान कार्यवाहीलाई अरू संवेदनशील भएँ । तर, माथि उल्लेखित विचार, विश्लेषण र निष्कर्षभन्दा विन्धवासिनीको पुजारी रुद्र बाहुन र बसमा काठमाडौंबाट केटीहरूसँगै आएका केटाहरूको माध्यमबाट तीनवटै केटीहरूको अरू दर्ुइ जना तन्नेरी तथा निकै खानदानी र सौकिन परिवारका जस्ता देखिने दर्ुइ जना मान्छेसित फेवातालमा भेट भएको र डुँगा सयलसमेत गरेको, जेठ २४ गते ५/६ बजेतिर महेन्द्रपुल तरी व्यारेकतर्फलागेको भन्नेसम्म सुन्नमा बाहेक अरू थप जानकारी प्राप्त हुन सकेन ।

अपराधीका रूपमा जनसमाजमा व्यापक रूपले चलेको चर्चाका आधारमा कानूनी प्रक्रियाअनुसार बुझनेसम्मको कार्यवाही गर्न, गराउन पनि केन्द्र लागेको अनुभव भएन । यो बुझेका भण्डारीले कसैमाथि किटानी दरखास्त दिन पनि सक्नुभएन । साथै, राष्ट्रलाई नै हल्लाइदिएको केश हुनाले कानूनी रूपमा, खास अनुसन्धानकर्ताको रूपमा, श्री ५ को सरकारका अङ्ग- केन्द्रीय, स्थानीय, प्रभावशाली स्तरका व्यक्तिहरूको चरित्र, प्रकृति र प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जिम्मेवारी बोकेको निकाय र तहहरूबाट तत्सम्बन्धी अनुसन्धान कार्यबाही हुने देखिन आएन ।

चैत्र १५ गते डी.एफ.ओ ललितरत्न शाक्य काठमाडौं गएकाले भोलिपल्ट १६ गते बिहानै हिँडी ११ बजे काठमाडौं पुगेँ । डी.एफ.ओ. सँग सर्म्पर्क गरी गृह सचिव विष्णुप्रताप शाहसँग भोलि बिहान ७.३० बजेको समय लिएँ । भोलिपल्ट उहाँ बसेको लजमा गई उहाँलाई लिएर सचिवकहाँ गएँ । दुवैजना भएर सचिवलाई भेट्यौँ । उहाँलाई डि.एफ.ओ.ले भन्नुभयो -'सर । मेरा मान्छेबाट सुनेबमोजिम नमिता सुनिताको हत्या काठमाडौंबाट पोखरा केटीहरूको पछि लागि, गएका तीनजनाबाट भएको हो । वा.अ. ११३२ नं.को कारमा पोखरा गएका हुन् । चूडामणिको हत्या भएको हा,े आत्महत्या वा अरू कारणले मृत्यु भएको होइन' सचिवले 'कसरी पक्का भयो -' भन्नुभयो ।

उहाँले 'त्यो त नभनौँ' भन्नुभयो । सचिवलाई 'डि.एफ.ओ.सँग हजुरले मात्र कुरा गर्नुपर्‍यो । ताकि, पूरा कथा बताउन सक्नुहुन्छ होला ! किनकि, डराइरहनुभएको भान हुन्छ । उहाँलाई सुरक्षाको ग्यारेण्टीमा शङ्का छ त्यति पनि मेरो पुच्छर नछोडाइ र कुरा, व्यवहार, सम्झाइबुझाई आदि प्रयासबाट मात्र निस्केको हो' भनी अनुरोध गरेँ । प्रतिवेदन तयार पारेर उहाँकोको हातमा बुझाएँ । कार्यक्रमअनुसार भोलिपल्ट बिहान उहाँको र डी.एफ.ओ.को बीचमा कुरा भयो । के के कुरा भए - मैले दुवैबाट थाहा पाइनँ र सोधिनँ पनि । लगत्तै र क्रमशः प्रधानमन्त्री र गृहमन्त्रीकहाँ गई घटना सम्बन्धी जानकारी गर्राई 'विशेष अदालत वा आयोग गठन गरी खटाइ पठाएर अनुसन्धान कार्यवाही गर्नु उपयुक्त हुन्छ' भन्ने सुझाव दिएँ । तैपनि सत्य, न्याय र इन्साफका लागि काम गरिआएको र अथक परिश्रम लगाएर अनुसन्धान गरेको नमिता, सुनिता, मीरा र चूडामणिको हत्या सम्बन्धमा कार्यबाहीको लागि केन्द्रले आदेश निर्देशन गर्छ कि, विशेष अदालत वा आयोगहरू गठन गर्छ कि, भनी श्री ५ को सरकारको मुख हर्ेर्ने गरेँ । तर, त्यस्तो केही भएन । नेपाल आमाका कलिला विरुवारूपी छोरीहरू र सानै तहबाट भए पनि नेपाल आमाको सेवा गरिरहेको चूडामणिको हत्यामा उनीहरूको आत्माको चीर शान्तिको लागि पर््रार्थना गर्नुबाहेक अरू बाटो थिएन । त्यसै गरी शान्त भएँ । केही दिनपछि नीज डी.एफ.ओ. ललित रत्न शाक्यको पोखराबाट कञ्चनपुरको डी.एफ.ओ.मा स/mवा भयो । सोपछि, उनी पनि भेटघाट गरेनन् र सरुवा भएको ठाउँमा जाँदा जान्छुसम्म भनेनन् । एकाएक सरुवा भई गए भन्ने सुन्नमा आयो ।

२०३९ साल वैशाख २१ गते बिहान सचिवले 'भरे ४ बजे हिँडी काठमाण्डौं आउनू र मेरो घरमा मलाई भेट्नू, म रातीसम्मै पर्खिरहन्छु, सुत्तिन' भन्नुभयो । ७ बजेमात्र पोखराबाट निस्कन पाएँ । मुग्लिङ्गमा खाना खाई राती १.३० बजे उहाँको घरमा पुगेँ । उहाँ सुत्नुभएको थिएन । आफै ढोका खोल्नुभयो । मलाईभित्र लानुभयो । दर्ुइजना भएर बस्यौँ । कास्की जिल्लाको समाजिक, आर्थिक, राजनीतिक तथा पर्यटकहरू आदि विविध पक्षमा कुराकानी भए ।

नमिता, सुनिताको हत्यापछि समयमै अपराधी पत्ता लगाउने जस्तोकाम कारवाही गर्न नसकेकोले, हत्यारा उम्किन गएकोबाट विभिन्न हल्लाहरू उठ्न गई पोखराको शान्ति सुरक्षाको स्थिति ब्रि्रन गएकोले त्यसबेलाका अञ्चलाधीश गणेशमान श्रेष्ठ, डी.आइ.जी.चन्द्रवीर र्राईदेखि तल जिल्लाको प्र.जि.अ. पद्मराज सुवेदी र इन्स्पेक्टर बाबुराम पुन समेतलाई गर्भमेण्टले फाएर गर्दैछ - शायद चाँडै नै निर्ण्र्ााहुन्छ होला ! तपाईंको राय के छ -' भन्नुभयो ।

'क्षेत्र तथा अञ्चलस्तरका अञ्चलाधीश, डि.आइ.जी.हरूबारे त म जिल्लास्तरको कार्मचारीले के निवेदन गरूँ ! केन्द्रले नै सोँचोस् ! जहाँसम्म जिल्लाको प्र.जि.अ. र जिल्लाको प्रहरी इन्स्पेक्टरलाई फाएर गर्ने कुरा छ त्यसो गर्न हुँदैन । किनकि, अञ्चलाधीश बसेको जिल्लाका प्र.जि.अ. र डी.आइ.जी. एस.पी.हरू बसेको क्षेत्र तथा अञ्चल जिल्लाका जिल्ला प्रहरी इन्स्पेक्टरले उनीहरूको आदेश निर्देशनबेगर केही गर्न सक्ने कुरा हुँदैन । गर्न खोजे भने मनमुटाव हुने, धपाइने, कार्य सम्पादनमा बाधा अड्चन आदि हुने हुन्छ र कठिनाइको सामना गर्नुपर्ने हुन्छ । तर्सथ, सि.डी.ओ. पद्मराज सुवेदी र इन्स्पेक्टर बाबुराम पुनलाई कुनै कार्यवाही हुनुहुँदैन - अन्याय हुन्छ ' भनी अनुरोध गरेँ । 'मेरो पनि यही विचार थियो । तपाईंको राय मिल्यो । म उनीहरूको लागि प्लीड गर्छर्ुुभन्नुभयो ।

यसपछि चिया पिएर आइरहेको स्थानीय चुनावबारे निर्देशनहरू लिएर बिदा भएँ । पढिरहेका छोराछोरीलाई भेटी वैशाख २२ गते बिहान पोखरा फर्केँ । पछि प्रकाशमा आयो - 'श्री ५ बाट अञ्चलाधीश गणेशमान श्रेष्ठलाई त गत पुषमै अवकाश मिलेको थियो । डी.आइ.जी. चन्द्रवीर र्राई र डी.एस.पी.हरूलाई श्री ५ को सरकारले अवकाश दियो । टाठो भएर सुनेँ- 'प्र.जि.अ. र इन्स्पेक्टरको अवकाश रद्द भएछ । सचिवले साँच्चै प्लीड गर्नुभएछ' भन्ने लाग्यो ।

२०४८ साल आषाढ ११ गते गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि मलाई जागिर खोसेर ढाक्रे भएको बेला निज प्र.जि.अ. स्थानीय विकास मन्त्रालयको सचिव हुनुभएको थियो । त्यही बेला दृष्टि साप्ताहिक पत्रिकालाई अन्तर्वार्ता दिनुभएछ । जसमा भन्नुभएछ - 'म कास्कीको सि.डी.ओ.मा बसिरहन पाएको भए, नमिता सुनिताको हत्यारा पत्ता लगाउँथेँ । मलाई सरुवा गरी द्वितीय श्रेणीको प्र.जि.अ. र्सर्ूयबहादुर सेनलाई खटाएकोले हत्याकाण्ड दबिएर गयो ।' 'उहाँलाई विवेक, विचार भएको मान्छेको रूपमा देख्थेँ, किन व्यालेन्स गुमाउनुभएछ त -' भन्ने लाग्यो र यो पनि लाग्यो - 'त्यसबेलाको गभर्नमेण्टबाट फायर हुनबाट बँचाएकोले त्यसो भन्न पाउनुभएछ ।'

यस्तैत्यस्तै भोग्दै, गर्दै आफ्नै ढङ्गढालले अरूपनि लुके, छिपे, दबेका हत्या अपराधहरूको खोजीमा भास्ँिसदै बगेको सेती नदीको समयसमयमा निरीक्षण, गस्ती, होटलहरूको निरीक्षण र सर्म्पर्क, राम्दी तथा मुग्लिङ्ग नारायणघाटतिर जानेआउने गाडीहरूको निरीक्षण सर्म्पर्क, पर्यटक र पर्यटन स्थलहरू, पेन्सन क्याम्पहरूप्रति निरीक्षण सर्म्पर्क गस्ती र समयसमयमा निगरानी आदितर्फप्रशासनिक निकायहरूलाई परिचालन गर्दै जाँदा भारत हिमाञ्चल प्रदेशमा ठेकदारी गरी बसेका भीमबहादुर तामाङ्ग आफ्ना काम गर्ने २ जना मान्छेसहित पोखरामा आएका, २०३७ साल फागुन ७ गते राती एयरपोर्टको कोखामा हत्या भएको । हत्यारा पत्ता नलागी दबिएको केशमा २०३८ भाद्र ३१ गते प्रहरी, सरकारी वकिल बसी मृतक भीमबहादुरकी श्रीमती बालबच्चासहित भारत हिमाञ्चल प्रदेशमा छन् । उनलाई यहाँ ल्याउन सके मृतकका साथमा आउने मानिस कोको थिए - कहाँका थिए - भन्ने पत्ता लाग्छ भन्ने विचारमा पुग्यौँ । यहाँबाट मानिस पर्ठाई ल्याउन लाग्ने खर्च रु. १५००।- अनुमान गर्‍यौँ । सो रु. १५००।- जिल्ला कार्यालयको धरौटी खाताबाट इन्स्पेक्टर ओमविक्रम राणाको नाउँमा चेक काटी झिकिदिएँ । भारत जानुपर्ने हुनाले चलाक तराइबासी प्रहरी कमसेकम र्सइ वा अर्सइसम्म खर्टाई भीमकी स्वास्नी लिई आउने व्यवस्था मिलाउनू भनी सरकारी वकिल र इन्स्पेक्टरलाई अर्‍हाएँ । उहाँहरूमा सरकारी वकिल मोहनमणी दाहाल अनुभवी परिपक्व र सुझबुझको मान्छे हुनुहुन्थ्यो, इन्स्पेक्टर जोशिलो युवक । यो जोश र सुझबुझको संयुक्त प्रयासबाट काम फत्ते हुने विश्वास गरी बसेँ । उहाँहरूले दर्ुइजना प्रहरी एक अर्सइ र एक हबल्दारलाई अर्‍हाइसिकाई पठाउनुभयो ।

यस ३ जनाको टोलीले तुरुन्तै हिमाञ्चल प्रदेश पुगी भीमबहादुर तामाङ्गकी श्रीमतीलाई ल्याई फक्र्यो । भीमबहादुर ठेकेदार हुनाले राम्रो आर्थिक अवस्थामा बसेकी श्रीमती भीम, उनको लोग्ने मारिएपछि एउटा छोरा एउटी छोरी ससाना बच्चालाई अर्काको जुठोभाँडो माझी दुःख पाएर बसेकी रहिछन् । नेपाल फर्किने उपाय र सहयोग नपाएर बसेकी रहिछन् । दुःखी, गरीब, अनाथ नारीको रूपमा दर्ुइ बच्चा दर्ुइतिर कोखामा बोकी आइन् । भीमबहादुरसँग हिमाञ्चल प्रदेशबाट सँगै आउने दर्ुइ जनाको नाम ठेगाना बताइन् । एउटा रहेछ - नुवाकोट भाल्से गाउँको गञ्जेन तामाङ्ग, अर्को रहेछ - गोर्खाको पासाङ्ग लामा तामाङ्ग । थाहा, पत्ता, हल्ला नहुने गरी सम्बन्धित जिल्लाको प्रहरीको मद्दत लिई एकाएक पक्राउ गरी ल्याउन गोर्खा र नुवाकोट प्रहरी खटाइएको, संयोग राम्रो पर्‍यो दुवैजना पक्राउ परी पोखरा ल्याइए ।

आश्विन १० गते साँझ ६ बजे प्रहरी कार्यालयमा जम्मा भयौँ । प्रहरीहरूसमेतलाई थुनुवाहरू राख्ने कोठामा २५ जनाको भीडमा नीज तामाङ्गहरूलाई मिसाइदियौँ अनि श्रीमती भीमबहादुरलाई 'तपाईंका लोग्नेसित आएका दर्ुइ जना मान्छे यहाँ यिनीहरूसँग छन्, छैनन् हेरी, छन् भने समातेर देखाऊ' भन्यौँ ।

मृतक भीमबहादुरकी श्रीमती होशियारीका साथ दुवैतिर हर्ेर्दै आँखा घुमाउँदै मान्छेको भीडमा पसिन् । उनको आँखामा गङ्जेन तामाङ्ग के देखा परेथ्यो । उनले नीजलाई समातिन्, लुछिन्, टोकिन्, लात्तीले हानिन् । उनले आफूलाई केही नमानेर थाह नपाएर रणचण्डी भएर लुछिन्, चिथोरिन् । लातका लात दिएर थाकुञ्जेल गोधिन्, तामाङ्ग भाषामा चिच्याएर गाली गरिन् । ढालेर गर्धनमा समातेर छातीमा चढेेर खाँध्न थालिन् । घाँटीमा मुख गाडेर रगत चुस्न के खोजिथिन् रोक्न इशारा गरेँ । इन्स्पेक्टरले -आफैले) अघि सरी तुरुन्तै उनलाई छुर्टाई घाँटी टोक्नबाट रोके । उसलाई उठाए । उनको शोकपर्ूण्ा रीस आक्रोस अझै मरेको रहेनछ । फेरि झम्टेर लुछिन्, चिथोरिन् । सारै थाकेपछि पछाडि सरिन् । रोइन् - आफ्नो लोग्नेलाई बोलाउँदै, कराउँदै रोइन् । सहस्रधारा आँसु बगाएर रोइन् । दर्ुइवटा बच्चा काखमा राखेर हुँक्कहुँक्क गरी रोइन् । शान्त भएपछि जगेडा कोठामा तामाङ्गलाई केरकार गर्‍यौँ । उसले -गङ्जेनले) भन्यो - 'मेरो गोर्खाको साथी पासाङ्ग लामा र म ठेकेदार सापसँगै हिमाञ्चल प्रदेशबाट आयौँ । बुटवल आएपछि पोखरामा लेवर पाइन्छ, त्यहाँ गोरखा र नुवाकोटका तामाङ्गहरू ढुङ्गा कुटी बस्छ । तिनीहरूलाई बन्दोवस्त गरी जाउँला भनी फागुन ५ गते पोखरा आयौँ । २ दिन लेवरहरू खोज्दै बस्यौँ । के.आइ.सिंह पुल नजिक ढुङ्गा कुटी बस्ने गोरखाका तामाङ्ग बाबुछोरालाई मिलायौँ र ७ गते साँझ ९ बजे लेवरहरू एयरपोर्टतिर पाइन्छ, कुरा गर्न जाऊँ भनी पाँच जना भएर गयौँ । एयरपोर्टको उत्तर छेउँमा पुगेपछि मैले 'मलाई त भोक लाग्यो । बसौँ, च्यूरा खाऊँ' भनेँ । 'अँ मलाई पनि भोक लाग्यो भन्यो - साथीलेे पनि । पर्खालको आड लागेर बस्यौँ । च्यूरा झिक्यौँ । ठेकेदारले पनि च्यूरा खान थाल्यो । यही बेला यहाँ ढुङ्गा कुट्ने छोरा चाहिँले पछाडिबाट ठूलो ढुङ्गा उचाली उसको टाउकोमा खसाल्यो । हामी तीनै जना थपिएर ढुङ्गैढुङ्गाले थिँचेर उठ्नै नदिई मार्‍यौँ र चारैजना भई, उर्ठाई पर्खालभित्र बारीमा लग्यौँ । उसका साथमा भएको पैसा, सुन र चाँदी बाँडी लियौँ । बिहानी पख गोर्खाको साथी गोरखातिर गयो । म काठमाडौं भएर नुवाकोट गएँ । पोखरा बस्ने बाबुछोरा यहीँ बसी आफ्नो ढुङ्गा कुट्ने काम गरिरहे । यसपछि बाँकी तीन जनालाई पनि राखी केरकार गरियो । भोलिपल्ट आश्विन ११ गते ११ बजे पनि नीजहरूलाई पुनः सोधपुछ गरी बयान लेख्ने काम भयो । सबैले ठेकेदार भीमबहादुर तामाङ्गलाई ढुंगाले थिँची, मारी, फाली /mपैंयाँ, सुन, चाँदी बाँडी लिएको स्वीकार गरे ।

यसरी गत साल पोखरामा भएको बहु चर्चित हत्याकाण्डको अपराधी हत्याराहरू पत्ता लाग्न सक्यो । सरकारी वकिल र प्रहरी इन्स्पेक्टरबाट कानूनबमोजिम मिसिल तयार पारी अदालतमा दायर गर्ने काम पनि भयो र अदालतबाट हत्याका अभियुक्त चारैजनालाई पर्ुपक्षको लागि थुनामा राख्ने आदेश भयो । म जिल्ला प्रशासकको हैसियतले अनुभवी पाको व्यक्तित्व सरकारी वकिल मोहनमणि दाहाल र जोशीलो आँटिलो युवक इन्स्पेक्टर ओमविक्रम राणालाई धन्यवाद दिई अपराधीहरूलाई सजाय दिन यसै गरी अगाडि बढिरहनर्ुपर्दछ' भनी हौसला बढाएँ । यति भएपछि खर्च पर्चको व्यवस्थाका लागि रु.५००।- हातमा राखिदिएर भीमबहादुर तामाङ्गकी श्रीमतीलाई छोराछोरीसहित उनको घर नुवाकोट जान बिदा गरेँ । उनलाई घर पुर्राई फर्किन पाको हवल्दारलाई बाटा खर्चको लागि छुट्टै रु.१५०।- दिई उनको साथ पठाइदिएँ ।

त्यस्तै जापानी युवतीलाई मारी पुलमुनि दबाई लुटेका, हत्याराहरू पत्ता लगाउने कार्य भयो । यस्तै बैदाममा १७/१८ वर्षी सरस्वती बराललाई आफ्नै जेठाजू अग्नीप्रसाद बरालले करणी गरेको स्वास्नीले देखेपछि निज अग्नी र निजकी स्वास्नी राधिका बराल भई मारी फेवातालमा फालेर, डुबेर मरेको भन्ने पोष्र्टमर्टम मिलाई दबाएको केशमा हत्यारा पत्ता लगाउने र अदालती कार्यवाहीबाट जेलमा पुराउने जस्ता कामहरू भए ।

फलस्व/mप, व्यक्तिगत जीवनमा ज्यादै कठिन र असुरक्षाको स्थिति भोग्नुपर्‍यो । तर पनि, अरू कहीँबाट हुन, गर्न नसकेका अनुसन्धान कार्यहरू भएकोमा सत्य, न्याय इन्साफका लागि प्रतिबद्ध भएर राष्ट्रसेवामा प्रवेश गरेको व्यक्तिलाई हौसलाकै विषय अनुभव गर्दै गरेँ । आफूले आफैमा उर्जा थप्दै न्यायको बाटो हिँड्दै गरेँ । कास्की जिल्लाका सरकारी वकिल मोहनमणि दाहाल र प्रहरी इन्स्पेक्टर ओमविक्रम राणाहरूले आफ्नो जोश, जाँगर र राष्ट्रसेवाको भावना लगाएर कर्तव्य पालन गर्दै सहयोग र सहभागिता पुराउनुभएको थियो । यसरी त्यस्ता कठिन बाटाहरू पनि हिँड्न सकिएको थियो ।

२०४६ सालपछि

२०४६ साल चैत्र २६ गते बहुदलीय व्यवस्थाको स्थापना त भयो । तर, सञ्चालन, कार्यान्वयन, राष्ट्र र जनहितका कार्यक्रमका साथ भएन । अपराधपर्ूण्ा गतिविधिका साथ सुरू भयो । बहुदलवादी दल, नेताहरूबाट भ्रष्ट, देश र जनहित विपरीत क्रियाकलाप गरेका मल्लिक आयोगको प्रतिवेदनमा कार्यबाही गर्नुपर्ने भनिएका व्यक्तिहरू उपर कार्यबाही गरिएन । बरु, उनीहरूबाट सिक्लाई, पर्ढाई र तालिम लिइयो !

भ्रष्टाचार नियन्त्रण, राजनीति, अपराध अनुसन्धान, प्रहरी, प्रशासन, प्रकरणहरूमा उल्ल्ेख भए बमोजिम राजनीतिक दल, नेता कार्यकर्ताहरूले नेपाल र नेपाली जनतालाई राष्ट्रिय र अन्तर्रर्ााट्रय जगतमा आफ्नो स्वतन्त्रता र स्वाभिमानको स्वच्छ शिखरबाट विदेशीले गरेको षडयन्त्ररूपी गड्डामा खसाल्ने भ्रष्ट, देश र जनद्रोहीजस्ता विकृत चरित्र, मानसिकताले बनेका र विदेशी नीति निर्देशन, तस्कर, माफियाजस्ता डँकैतहरूको स्वार्थमा चलेका नेता र नेताका घर परिवार, नजिकका कार्यकर्ता नाता कुटुम्बहरू देश र जनताका लागि विषका रूपमा प्रस्तुत हुँदै पञ्चायत व्यवस्था फाली बहुदलीय व्यवस्था स्थापना गरेको हुनाले आफूलाई विश्व विजयी ठान्ने दल नेताहरूले स्वघोषित जनताको अधिकार प्राप्त नेता दलका रूपमा बसेका कृष्णप्रसाद भट्टर्राईको प्रधानमन्त्रीत्वमा गठित अन्तरिम सरकारले देश र जनतामाथि अपराधहरू गर्न शुरू गर्‍यो, गरायो । र्

र्सव प्रथमतः प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईले १० जुन १९९० मा नेपालीलार्इर्र्तलपार्ने गरी भारतसँग सन्धि गरे । यसबाट उनी नेपाल राष्ट्रका राष्ट्रिय अपराधी त हुन् । तर, त्यसबेला उनीमाथि अनुसन्धान गर्ने कोही थिएन । विजयीका रूपमा नेताहरूको लिङ्ग पनि हतियार भएको बेलामा उनीमाथि कस्ले अनुसन्धान गर्ने - बरु ठाँटसँग राष्ट्रियस्तरकै अपराधहरू अगाडि बढ्न थाले ।

२०४७ साल वैशााख १० गते गृहमन्त्री योगप्रसाद उपाध्याय र प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको उपस्थितिमा काठमाडौं टेकुमा अनियन्त्रित भीडले प्र.ना.नि. रेशमबहादुर श्रेष्ठ, प्र.ज. चूडामणि सिटौला, हरिशरण पुरी, गङ्गाप्रसाद पौडेल, रामजीबहादुर र्राई, लोकबहादुर बोगटी गरी ६ जना प्रहरीलाई कुटी, पिटी, चिथोरी, च्याती, घोँची मार्‍यो । यस कुरालाई २०५७ फागुन १६ - ३० को हिमाल खबर पत्रिकामा प्रकाशित 'राजधानीले विवेक हराएको दिन' शर्ीष्ाकको लेखमा संगिता लामाले भन्नुभएको छ - 'बहुदलीय व्यवस्थाको घोषणा पछि.....र्.र्सवसाधरणले आफ्नो जीउधन असुरक्षित भएको महसुस गरे । ......वैशाख ९ गते राती कलङ्कीमा हात हतियारसहितका .... केही व्यक्तिहरूलाई समातेर चुटे । .......काठमाडौं गणेशस्थानमा एक जनालाई मण्डले भनेर बँाधेर राखे ।

टेकुमा ६ जना प्रहरीलाई .......भीडले कुटीकुटी अर्ध्दमृत अवस्थामा पुर्‍याएको र ......रगत र धुलोमा लतपत भएका प्रहरीको अर्ध्दनग्न र अर्द्धमृत शरीर सडकमा मुढाझैँ लडिरहेका थिए । एक जनालाई राजा महेन्द्रको शालिकमा बाँधिराखेका थिए । .......अरूलाई शालिकदेखि पचलीसम्म घिसारेर लगेर सडकमा लडाइएको थियो ।'

सो लेखमा पत्रकार सजीव बज्राचार्यबाट व्यक्त कुरा यसरी उद्धृत गरिएको छ -'............बिहानदेखि दिउँसोभरि नयाँनयाँ मानिसहरू आउँथे, मुक्का र लात्तले हान्थे र जान्थे, रोक्ने कोही थिएनन् । कुटाइ खाँदाखँादा दिउँसोको १२ -१ बजेसम्ममा यस्तो अवस्थामा पुगिसकेका थिए कि कसैले आएर पिट्दा पनि 'हँ' गरेर जिउमात्र चलाउँथे, आँखासम्म खोल्न सक्दैनथे । त्यो दृश्य निकै नै हृदय विदारक थियो ।'

१२-१५ जना स्थानीय युवाहरूले 'हान ....हान' भन्दै शुरू गरेको सो दिनको घटनामा ......भीडको मारमा परेका प्रहरीलाई बचाउन कोही आएन .....मृत अवस्थामा पुगिसकेका ती प्रहरीहरूलाई ठेला गाडामा हालेर त्रिपुरेश्वर, थापाथली हँुदै सिंहदरवार पुर्‍याइएको थियो ।

......सजीव बज्राचार्यका अनुसार '.......गृहमन्त्रीलाई गर्व नै थियो टेकुको त्यो भीडको त्यो करामतमाथि । उनले खरीको रूखमा उभिएर .......त्यो घटनालाई पनि आन्दोलनकै अर्को रूप ठानेझैँ गरेर भाषण गरे ।'

सोही अङ्कमा कनकमणि दीक्षितले उकालो लाग्दा शर्ीष्ाकमा भन्न्ाुभएको छ - 'बुद्धको देशमा जन्मेका हामी आफुलाई सौम्य सभ्य ठान्छौँ ......बेलाबखतमा यस्तै गैर जिम्मेवार र बर्बरतापर्ूण्ा क्रियाकलापमा सामेल हुन्छौँ, जसलाई सभ्यताको संज्ञा दिन मिल्दैन ।

विश्वसनीय ......नभएको बेलामा गुण्डा र उनीहरूको अगुवाई गर्ने हुलको राज हुन्छ ......अकस्मात् अराजकता निम्ताउँछ । केही युवाहरूले ती ६ जना प्रहरीलाई लछार्दैपछार्दै टेकुको फुटपाथमा ढालेर शयौँको संख्यामा काठमाडौं उपत्यकाबासीले उनीहरूमाथि मुक्का वषर्ाए । लात मारे । लठ्ठीले हिर्काए र छाताको टुप्पोले घोँचे - ती सबैको हत्यामा सहभागी भए । ........

त्यो निर्मम व्यवहार देखेर पनि तीनलाई बचाउन आबाज उठाएनन् । पहल गरेनन् । हज्जारौँको संख्यामा ती पनि दोषी नै छन् । ......त्यो कालो टाटो .......।' आदि । स्वयं गृहमन्त्री र प्रहरी महानिरीक्षक त्यो घटना स्थलमा उपस्थित भएर पनि उनीहरूको बचाउ गरेनन्, मार्न दिए । आन्दोलनकै भाग भनी गर्व गरे ।

२०४७ साल जेष्ठ १९ गते यस्तै कपिलवस्तु कृष्णनगर बजारमा दाउरा लगी बेची फर्किरहेका फूलमती सुनार, हेममायाँ कोइराला, १४ वर्षो बालिका सुकमायासमेतका १५ जना महिलाहरूलाई भटनी नालामा आइपुग्दा लखुनभुज, अब्दुल कैयुम खाँ, हाजी समेतका ४०।४५ जनाले बाटो छेकी पक्री, समाती पालोपालो गरी बलात्कार गरे । यसरी प्रजातान्त्रिक बहुदलीय व्यवस्थाको प्रयोगको शुरूमै गुण्डागर्दर्ी, अराजकतापर्ूण्ा हत्याजस्ता अपराधलाई अगाडि बढाइयो । अपराधी संस्कृतिको शुरू र विकास गर्दै लगियो । १० जुन १९९० को सन्धि गरेर फर्किएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राई र उनका टोलीका सदस्य मन्त्री श्रीमती साहना प्रधानजस्ता नेताले समेत नेपालका नदीहरूलाई 'भ्ाारतका पनि साझा नदी हुन्' भन्ने स्वीकार गरेर राष्ट्रमाथि जघन्य अपराध गरे ।

२०४७ आषाढको अन्तिमतिर गृह मन्त्रालयमा भैपरि आउने शर्ीष्ाकमा रहे, भएको ७ लाख रूपैयाँ नीज गृहमन्त्रीले झिकी खाएको कुरा सुन्नमा आएको थियो । यस्तै अपराधी क्रियाकलापबाट दल, नेता, कार्यकर्ताहरू राष्ट्रमाथि अपराध गर्दै अगाडि आए । २०४७ सालको नेपाल अधिराज्यको संविधानले बहुमतको निरङ्कुुशता, नियन्त्रण र सन्तुलन गर्नेको व्यवस्थारहित स्वच्छन्द प्रधानमन्त्रीजस्तो प्रावधानको आडमा राष्ट्रमाथि मनपरी गर्न थाले ।

२०४८ साल जेठमा भएको आम चुनावबाट गठित श्री ५ को सरकारका प्रधानमन्त्री गिरिजाप्ा्रसाद कोइराला र उनको नायकत्वमा कांग्रेसी सत्ता नेपाली जनतालाई दमन गर्दै अगाडि बढ्यो । चीन सरकारले नेपाली जनताका लागि बनाइदिएका इँटाटायल कारखाना, छालाजुत्ता कारखाना, भृकुटीकागज कारखाना आदि र पछि रघुपति जुट मिल आदि संस्थाहरू निजीकरणमा दिएर अरबौँ भ्रष्टाचार गरी खाए । सत्ताधारी कांगे्रस, विरोधमा बसेका नेपाल कम्युनिष्ट पार्टर्ीीएमाले), राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीतथा सद्भावना पार्टर्ीी नेताहरू सबै मिली महाकाली पञ्चेश्वर बहुउद्देश्यीय योजनाका नाममा महाकाली नदी नेपाल र भारत दुवै देशको लागि बराबर हित र लाभका लागि उपयोग हुनुपर्नेमा नेपालको हित र लाभको बेवास्ता गरी भारतीय स्वार्थका लागि संसदबाट दर्ुइ तिहाई बहुमतले पारित गरेर दिए ।

सो मितिपछि हालसम्म लगभग १२ वर्षो समयभित्र पञ्चायत काल र सोपछि पनि देश र समाजमाथि फौजदारी अपराध गरेका सरकारवादी मुद्दा चली जेलमा रहेका र कार्यवाहीका सर्न्दर्भमा थुनुवामा परेका राष्ट्रका अपराधी, खुनी, कैदीहरू हज्जारौँ हज्जारलाई मुद्दा फिर्ता गर्दै मुक्त गर्दै छाडिदिएर आफ्नो जमात, ग्याङ्गकोे वृद्धि गरे । उदाहरणका लागि पटकौँका गृहमन्त्री खुमबहादुर खड्का ज्यानमाराका अभियुक्त थिए, मुद्दा झिकी शुद्ध पारिए ।

त्यस्ता अपराधीबाट जफत गरिएको धन सम्पति, दण्ड जरिवानासमेत हज्जारौँ अपराधी व्यक्तिहरूलाई फिर्ता दिए । उदाहरणका लागि पञ्चायत कालमा तत्कालीन अधिराजकुमार धीरेन्द्रका अङ्गरक्षक भरत गुरूङ्ग उपर सैनिक अदालतबाट कार्यवाही भई उनलाई जेलमा र उनको सम्पति जफत गरिएको थियो । नीजबाट स्वार्थसिद्धि गरी नीजलाई जेल मुक्त र करोडौँको सम्पति फिर्ता दिइयो । त्यस्तै, पर्ूव प्रहरी महानिरीक्षक दिलबहादुर लामा -डि.बि.लामा) लाई पनि जेलमुक्त गरी माफी दिने काम मात्र गरिएन, कांगे्रस पार्टर्ीीत्र भित्राएर सांसद बनाउनेसमेत गरियो । जसबाट कांग्रेस पार्टर्ीीपराधीहरूको पार्टर्ीीो भन्ने कुरा प्रमाणितरूपमा कांग्रेसी गिरिजाप्रसादले देखाइदिए ।

राजनीति पीडित व्यक्तिहरूलाई, उनीहरूका नाममा -सक्कली, नक्कली) सहयोग दिने भनी पर्ूव प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईद्वारा हरसाल करोडौँ करोड रूपैयँा बँाडी राष्ट्रको सम्पति मन परी गरेर राष्ट्रमा ठूलो अपराध गरे । यिनै र यस्तै क्रियाकलाप गर्ने कुकर्मी सत्ता आतङ्कका विरुद्धमा २०५२ फागुन १ गतेदेखि पुष्पकमल दाहाल -प्रचण्ड) र बावुराम भट्टर्राईहरूद्वारा चलाइएको नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) आन्दोलनले व्यापकरूपमा जनर्समर्थन प्राप्त गर्दै आयो । श्री ५ को सरकारको दृष्टिमा आतङ्कवादीका नाममा र र्सवसाधरणको दृष्टिमा जन न्याय कर्ताका रूपमा अगाडि आयो । भन्दाखेरी भूमिगत भनिए पनि व्यवहारमा खुलारूपमा गाउँगाउँका जाली फटाहालाई सजाय दिने सर्न्दर्भमा विभिन्न प्रकारका जनकारबाहीहरू ग्ार्दै अगाडि आयो ।

श्री ५ को सरकारले प्रहरी भिडायो । २०५२ फागुनदेखि आजसम्म थुप्रै प्रहरी अधिकृत र जवानहरू तथा थुप्रै माओवादी आन्दोलनकारीहरू र र्सवसाधरण जनताको समेत ज्यान गयो भने, जनर्समर्थनले गर्दा सरकारभन्दा माअेावादी बढी मजबूत र प्रभावकारी देखिन आयो । जसबाट तर्सर्ेेे कांगे्रसी सरकारले प्रहरीलाई अगाडि बर्ढाई २०५७ फागुन १० गते रूकुमको खारा गाउँमा पाशविक प्रकारले जनहत्या गर्‍यो । घरघरमा आगो लगाई दियो, तेह्र वर्षी बालिकादेखि चालीस वर्षम्मका महिलामाथि बलात्कार गर्‍यो । यो घटनालाई देशभरका र्सवसाधारण जनतासम्मले घृणा प्रकट गरे - नाराजी प्रकट गरे ।

नेपाली जनताको नरसंहार गर्ने काम नेपाली कांग्रेसको सरकारबाटै प्रहरी लगाई गरेको हुनाले देश र जनसमाज कोक्कायो । असन्तुष्टि र विरोधका आबाजहरू उठे । सञ्चारका माध्यमहरूबाट यस्ता दुःखद् समाचारहरू प्रकाशमा आए । तर, कांग्रेसी दमनकारी सरकारले सुनेन । आफूलाई सुधारेन । निरङ्कुशतापर्ूवक अरू दमन गर्दै आयो । यसरी सरकार नै महाअपराधी भएपछि अपराधको अनुसन्धान कसरी र कस्ले गर्ने - यो सब कसरी र किन भइरहेको छ त - राक्षसी प्रकारले नर संहार किन भइरहेको छ - भनेर पृष्ठभूमितिर र्फकंदा दर्ुगा सुवेदीले कान्तिपुर दैनिकमा प्रकाशित आफ्नो 'नेपालमा हिंसा, हत्याको राजनीतिक प्रकोप र वर्तमान प्रधानमन्त्री' शर्ीष्ाकको लेखमा भन्नुभएको छ - 'नेपाली कांग्रेसले पनि प्रजातन्त्र प्राप्तिका लागि आजभन्दा २ दशक पहिलेसम्म हिंसात्मक आन्दोलन चलाएको थियो । ... तत्कालीन सञ्चालन गरिएको हत्या र हिंसाको राजनीतिको नेतृत्व गिरिजाप्रसाद कोइरालाले नै गर्नुभएको थियो । कोइरालाले भारतमा बसेर सङ्कलन र वितरण गरेका बम र बन्दुकहरू नेपालका पुलिस चौकी र मन्त्रीको गाडीमा मात्र पडि्कएनन्, वर्तमान महाराजधिराजको सवारीलाई लक्षित गरेर पनि प्रहार गरिएका थिए । राजाको विराटनगर अस्पताल निरीक्षण भइरहेको मौका पारी ठूलो भीडमाथि कोइराला निवासको गेटबाट शक्तिशाली बमप्रहार भएको थियो । जसमा कैयौँ निर्दोष नागरिकहरू मारिएका र घायल भएका थिए । ... कांग्रेसको मुखपत्र 'तरूण' पत्रमा त्यस बमकाण्डको प्रशंसा मात्र गरिएको थिएन, गिरिजाप्रसाद कोइरालालाई वीर, क्रान्तिकारी नेताको रूपमा प्रस्तुत गरिएको थियो ।

....... वास्तवमा अहिले मुलुकमा पाँच वर्षेखि चलिरहेको हिंसात्मक माओवादी आन्दोलन नेपाली कांग्रेस र एमालेका सरकारहरूले राष्ट्र र जनताको हित विपरीत भए गरेका काम कारबाहीको विरुद्धमा देखा परेको आक्रोश समेटेर निर्माण भएको देखिन्छ । .... अहिले तिनै -कांग्रेसी) क्रान्तिकारी नेताको सन्तान करोडपति, अरबपति भएका छन् । गिरिजाप्रसाद कोइरालाले सत्ता पाउनासाथ आफ्नो परिवार तथा सम्बन्धीहरूलाई करोडौँको सम्पत्ति जोगाड गर्न अवसर दिनुभयो । कोइराला परिवारका ढोके, बैठकेहरूले करोडौं भ्रष्टाचार गरेर राजधानीकै छतमा आलिशान महल खडा गरी आरामदायी भोग-विलासपर्ूण्ा जीवन यापन गरिरहेको कुरा जनताले टुलुटुलु हेरिरहेका छन् । ..... प्रजातन्त्रवादी पार्टर्ीीनिएको नेपाली कांग्रेसमा गिरिजा कोइराला कांग्रेसभन्दा शक्तिशाली छन् भने गिरीजाप्रसादभन्दा उहाँको परिवार शक्तिशाली देखा परेको छ । पार्टर्ीी देखापरेको यो अधिनायकवादी प्रवृत्तिलाई गिरीजाप्रसादले सशक्त नेतृत्व गर्नुभएको छ । त्यसैले माओवादीहरूले पनि उहाँलाई फासिष्ट, राष्ट्रघाती, भ्रष्टाचारी र क्रान्तिका दुश्मनका रूपमा प्रस्तुत गर्दै आन्दोलन विस्तार गर्न सफल भएका छन् ।

कोइरालाले चलाइरहेको यो जहानियाँ भ्रष्ट, नीतिहीनताको शासन शैलीलाई सरकारको विद्यमान कुनै निकायले पनि खण्डित र दण्डित गर्न सकिरहेको छैन । सत्ता र सम्पत्तिको आडमा निर्माण भएको बहुमतको आतङ्कले स्वयं कांग्रेस पार्टर्ीी इमान्दार नेताहरू पनि आक्रान्त छन् ।

...... अनेकौँ अनुभव बटुलेका प्रधानमन्त्री कोइराला 'वैध' हिंसा गर्न सक्ने..... छन् ।

यी सबै अभिव्यक्ति कुरा विषय नेपाली जनताले देखे, भोगेका हुन् र लेखकले अनुभव गरी जस्ताको तस्तै व्यक्त गर्नुभएको छ - 'गिरिजाप्रसाद कोइराला हत्या, हिंसामा विश्वास गर्ने र हत्या, हिंसाको राजनीति गर्ने, साँचो अर्थमा नेपालमा पहिलो आतङ्ककारी, पहिलो हत्या र हिंसावादी अपराधी व्यक्ति हुन् । राष्ट्रका अपराधी हुन् । अहिले बहुमतको निरङ्कुशतामा राष्ट्रमाथि सत्ता आतङ्क मच्चाएर माथि उल्लेख भएबमोजिम अपराध गरिरहेका छन्, गराइरहेका छन् । तर्सथ, उनलाई अर्थात् देशका अपराधीहरूलाई दण्ड दिने, नियन्त्रणमा लिने, अपराधीका उपर सही तथा चर्चित अनुसन्धान गर्ने सजाय दिने कोही व्यक्ति वा कुनै निकाय, पदाधिकारी छैन । छ त, निजकै ग्याङ्गभित्र, अपराधीका परिपूरकका रूपमा २०४६ सालले स्थापित गरेका दलका नेताहरूको सत्ता आतङ्क ।

अतः अहिले नेपाल र नेपाली समाजमा हत्यारा र अपराधीहरूको नियन्त्रण छ । उनीहरूको शासन, सत्ता, संस्कृति चलिरहेको छ । सिङ्गो नेपाली जनसमाज त्राहिमाम् र आक्रान्त छ । कहीँ कतैबाट गुहार पाइरहेको छैन । भय र त्रासमा छ । मानसिक कैदमा, निराश र अपमानित छ । यही स्थिति अरू रहिरहने हो भने राष्ट्र थाम्ने सही नेपालीहरूको शक्ति दिन प्रतिदिन क्षीण हुँदै जानेछ र देश परचक्रीको चक्रव्यूहमा फँस्नेछ - कांग्रेसी गिरिजा र उनका ग्याङ्गले त्यसतिर फँसाइरहेको छ ।

यर्सथ, समय छँदै नेपालबासी नेपाली जनता नेपाल राष्ट्रका जिम्मेवार र हकदार व्यक्तित्व हुन् भन्ने कुरा सही अर्थमै सम्झी हिम्मतका साथ राष्ट्रमाथिका अपराधीहरूलाई नियन्त्रणमा लिई राष्ट्रको रक्षा र समाजमा सामाजिक न्यायको स्थापनाका लागि उभिएर कदम चाल्नुपर्ने बेला भएको छ ।

----------------------------------------------------------------------

 

 
    Copyright © all rights reserved.